×

NMB BANK
NIC ASIA

फोरम-नयाँ शक्ति एकता : नेकपाकै मोडल, राष्ट्रिय राजनीतिमा विकल्प बन्ने 'महत्त्वाकांक्षा' !

बैशाख १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता प्रयासले राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । राष्ट्रिय राजनीतिमा विकल्पका रूपमा उदाउने यादव र भट्टराईको महत्त्वाकांक्षाका रूपमा राजनीतिक विश्लेषकहरूले यसलाई अर्थ्याएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

संघीय संसद्‍ अन्तर्गत प्रतिनिधि सभामा फोरमका १६ र राष्ट्रिय सभामा २ जना सांसद् छन् । नयाँ शक्तिका तर्फबाट संघीय संसद्‍मा डा. भट्टराईले मात्र प्रतिनिधित्व गर्छन् । फोरमका १६ सांसदमध्ये हरिनारायण रौनियार 'पप्पु' निलम्बनमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्री हुँदा चारैतिरबाट प्रशंसा कमाएका भट्टराईमाथि प्रधानमन्त्री हुँदा संविधान सभा विघटनको आरोप लाग्यो । सधैं सत्ताको निकट रहन चाहने यादवसँग भने पटक-पटक उपप्रधान मन्त्री भइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

निकटस्थहरू यादवलाई मेहेनती नेताका रूपमा चिन्छन् । गत निर्वाचनमा यादव एक्लै खटेका थिए । स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा मधेशकेन्द्रित ६ अन्य घटक मिलेर बनेको राष्ट्रिय जनता पार्टीकै हाराहारीमा सीट ल्याउन सफल भए । यसरी उनले मधेसमा आफ्नो उपस्थिति कमजोर नरहेको प्रमाणित गरे । 

Vianet communication
Laxmi Bank

वैशाख २३ गते एकता घोषणा ?

एकताका लागि पटक-पटक छलफलमा जुटेका दुवै पार्टीका बीचमा स्थानीय चुनाव अघि नै एकता गर्ने प्रयास भएको थियो । एकता घोषणाको मिति तोकिएको अवस्थामा पनि दुई पार्टी नेतृत्व विवादकै कारण एक हुन सकेनन् । यसपटक एकता प्रयासले मुर्त रूप लिएको भन्दै २३ गते एकता घोषणाको तयारी भएको स्रोत बताउँछ ।

नयाँ शक्तिका एक नेताका अनुसार वैशाख २० गते नयाँ शक्तिको सचिवालय बैठक बसेर फोरमसँग एकता गर्ने प्रस्ताव पारित गर्नेछ । २१ गते बोलाइएको केन्द्रीय समिति बैठकमा एकताको कार्यविधि पास गर्ने तयारी रहेको र २३ गते राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरेर एकता घोषणा गर्ने तयारी छ ।

फोरमका प्रभावशाली नेता रामसहायप्रसाद यादव एकता घोषणाको मिति अहिले नै सार्वजनिक नभएको बताउँछन् । 'शीर्ष तहमा छलफल चलिरहेको छ,' यादवले लोकान्तरसँग भने, 'तर २३ गते नै एकता गर्ने कि कहिले गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्न बाँकी छ । यसअघि पनि मिति तोकेरै एकता घोषणा गर्ने कार्यक्रम थियो हाम्रो तर कुनै कारणवश हुन सकेन । यसैले अहिले मिति तोक्नुभन्दा पनि नीतिगत छलफल र मापदण्ड तोक्ने विषयमा हामीले जोड गरिरहेका छौं ।' 

कहिलेदेखि शुरू भयो एकता प्रक्रिया ?

गत चैतको अन्तिम साता भट्टराई र यादवको एक गोप्य मिटिङ भएको थियो ।

स्रोतका अनुसार त्यस भेटमा एकताबाट कुनै पनि हालतमा पछि नहट्ने संकल्प गरेका थिए । त्यसलगत्तै दुवै पार्टीले वार्ता टोली गठन गरेर निरन्तर छलफल चलाउँदै आए । एकता नेपाल कम्युनिस्ट पार्टीले अवलम्बन गरेको 'मोडालिटी'मा गर्ने सहमति भएको छ । दुई अध्यक्ष रहने, भट्टराईलाई वरीयतामा माथि राख्ने र पार्टीको कार्यकारी अधिकार विभाजन गर्ने विषयमा दुवै पार्टी सहमत छन् ।

स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै तय गरिएको एकता घोषणा कार्यक्रम अन्तिम समयमा रद्द भएको थियो । त्यतिबेला नेतृत्व विवादका कारण एकता हुन सकेन । दुवै दलका शीर्ष नेताहरूले नेतृत्वको मोडालिटी तय गर्न सकेनन् । 

'तर अहिले हामी नेकपाकै मोडलमा जाने सहमति भएको छ,' नयाँ शक्तिका एक नेताले भने, 'दुई अध्यक्ष रहने, वरिष्ठताका आधारमा भट्टराईलाई माथि राख्ने र कार्यकारी अधिकार बाँडेर लिने विषयमा हामी सबै सहमत छौं ।' 

गलपासो सरकार !

फोरम सत्तारुढ पार्टी हो । सरकारमा उपप्रधानमन्त्रीका रूपमा फोरमका अध्यक्ष यादव छन् । त्यस्तै शहरी विकास मन्त्रालय फोरमकै मोहम्मद इश्तियाक राईको जिम्मेवारीमा छ । फोरम र राष्ट्रिय जनता पार्टी नेपालको साझा माग संविधान संशोधन गर्नु थियो । संविधान संशोधनका लागि सरकारसँग दुईतिहाइको सुविधाजनक मत हुनुपर्छ भन्ने तर्कका आधारमा राजपाले सरकारलाई समर्थन गर्‍यो भने फोरमचाहिँ सरकारमै सामेल भयो ।

संविधान संशोधन हुने छाँटकाँट नदेखिएपछि केही महिनाअघि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो । यद्यपि फोरमको सहभागितामा सरकारसँग दुईतिहाइको सुविधाजनक अंकगणित त छ तर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अहिल्यै संविधान संशोधन गर्ने 'मूड'मा छैनन् । 

एकता भएपछि सरकारमा सामेल भइरहने या सरकार छोडेर प्रतिपक्षीको बेन्चमा बस्न जाने भन्ने विषयमा अझै छलफल चलिरहेको स्रोतले बतायो । भट्टराईले सरकार छोड्नुपर्ने माग राखेका छन् । फोमले भने यस विषयमा निर्णय लिएको छैन । यद्यपि सरकारकै कारण एकता प्रक्रिया नरोकिने फोरमका नेताहरू बताउँछन् । 

'सरकार त हामी भोलि नै छोड्न सक्छौं,' फोरम नेता प्रदीप यादवले लोकान्तरसँग भने, 'त्यही दुईवटा मन्त्री खाएको त हो । त्यो पनि सरकारले संविधान संशोधन गर्छ कि भन्ने आशामा ! अब सरकारले हाम्रो माग सुन्दै नसुन्ने हो भने सरकारमा बस्नु र नबस्नुको कुनै अर्थ छैन ।' 

राजपालाई पठाएको त्यो 'लभ लेटर' 

गत मङ्सिरमा विचार मिल्नेसँग एकता गर्ने भन्दै फोरमले राजपालाई एउटा चिट्ठी पठायो । त्यसमा विचार र मुद्दा मिल्नेहरू एक हुनुपर्ने र संविधान संशोधनका लागि संयुक्त दबाब दिनुपर्ने उल्लेख गरिएको थियो । चिट्ठी पाएको धेरै समयसम्म राजपा चुप बस्यो । अध्यक्षको संख्या मात्रै ६ जना भएको राजपाले आफू जत्तिकै शक्तिशाली पार्टी फोरमसँग एकताका गर्दा नेतृत्वको संरचना मिल्ने आंकलन नै गर्न सकेन । राजपा मौन रहेकै अवस्थामा फोरमले दोस्रोपटक नयाँ शक्तिसँग एकता गर्ने प्रयास थाल्यो । 

तर पृथकतावादी अभियान चलाइरहेका डाक्टर सीके राउतले सरकारसँग ११ बुँदे सहमति गर्दै राष्ट्रिय राजनीतिमा आउने घोषणा गरेसँगै महिनौंपछि राजपाले फोरमको चिट्ठी पल्टायो । राम्रोसँग पढ्यो र जवाफ पनि फर्कायो । यसबाट राउतको आगमनसँगै राजपाको मनोविज्ञान बदलिएको संकेत देख्न पाइन्थ्यो । 

तर राजपा र फोरमको एकता सम्भव नै नभएको वृषेशचन्द्र लालले त्यतिबेलै बताएका थिए । लाल राजपाका तर्फबाट राष्ट्रिय सभाका सदस्य हुन् । 'यो प्रक्रिया निकै प्रारम्भिक चरणमा छ,' उनले लोकान्तरसँगको अनौपचारिक भेटमा भनेका थिए, 'चिट्ठी आदानप्रदान हुँदैमा एकता हुन्छ भन्ने छैन । उहाँहरूले पनि सरकार छोड्न सक्नुहुन्न र हामी पुनः सत्तारुढ हुन सक्दैनौं । हामीले त हामी पनि विचार मिल्नेसँग एकताका लागि तयार छौं है मात्र पो भनेको !'

यद्यपि राजपासँग एकताको ढोका बन्द नभइसकेको फोरमका नेता प्रदीप यादव बताउँछन् ।

'पहिला नयाँ शक्तिसँग गरौँ भनेर हामी यता लागेका हौँ,' उनले भने, 'राजपा र हामीमा कुनै वैचारिक अन्तर छैन । हामी जहिले जसरी पनि एकता गर्न सक्छौं । तर नयाँ शक्तिसँग हामीले पटक-पटक एकताको तयारी गर्‍यौं । मिति पनि घोषणा भइसकेको अवस्थामा एकता तोडिएको हो । अहिले आएको एकताको मौका नछाड्ने र राजपासँग पनि नियमित छलफल र वार्ता गर्ने नीति लिएका छौं ।' 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x