×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री मोदीको जीवनीमा आधारित फिल्मको प्रदर्शन मिति तय

बैशाख २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म पीएम नरेन्द्र मोदीको रिलिज मिति तय गरिएको छ । यो फिल्म अब जेठ १० गते सार्वजनिक हुने भएको छ । 

Muktinath Bank

फिल्म एक महिनाअघि नै सार्वजनिक भइसक्नुपर्ने थियो तर विपक्षी दलहरूले फिल्ममाथि रोक लगाउनुपर्ने माग राखेपछि रिलिज रोकिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वोच्च अदालतले चुनाव आयोगलाई फिल्म हेरेर यसलाई सार्वजनिक गर्ने मितिमा निर्णय गर्न आदेश दिएको थियो । 


Advertisment
Nabil box
Kumari

फिल्मको रिलिज रोक्नका लागि दिल्ली, मुम्बई र इलाहाबाद उच्च अदालतमा निवेदन दिइएको थियो । यो फिल्मले संविधानको स्वतन्त्र र निष्पक्ष चुनावको अवधारणालाई घात गर्ने जिकिर लिइएको थियो । 

Vianet communication
Laxmi Bank

फिल्मले आदर्श चुनाव आचारसंहिताको उल्लंघन गरेको आरोप विपक्षी दलहरूले लगाएका थिए । 

लोकसभा चुनाव नसकिउन्जेल फिल्ममा रोक लगाउने चुनाव आयोगको फैसलालाई सर्वोच्च अदालतले पनि सही ठहर गरिदिएको थियो । 

चुनाव आयोगले लोकसभा चुनाव चलिरहेको बेलामा मोदीको जीवनीमा आधारित फिल्म चल्दा चुनावमा असर पर्ने भनी प्रतिबन्धको निर्णय सही र वैध भएको जनाएको थियो । भाजपाले फिल्मबाट भरपूर चुनावी फाइदा लिने सर्वोच्च अदालतले पनि बताएको थियो । 

यस फिल्ममा विवेक ओबरोयले प्रधानमन्त्री मोदीको भूमिका निर्वाह गरिरहेका छन् । यसको निर्देशन ओमंग कुमारले गरेका छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x