प्रेम, द्वन्द्व र बदलाको कथामा बनेको ‘बाजी’को गीत रिलिज

बैशाख २२, २०७६

काठमाण्डौं - चलचित्र ‘जोनी जेन्टलमेन’, सयौँ म्यूजिक भिडियोहरु तथा ‘हाम्रो हाईस्कूल’ र ‘रङ्ग टाईम’ जस्ता वेब सिरिज निर्देशन गरेका नितिन चन्दले नयाँ वेब सिरिज ‘बाजी’ तयार पारेका छन् ।

हालै मात्र यो सिरिजको गीत र पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक गीतमा स्वचित शाक्यको शब्द, संगीत तथा स्वर रहेको छ । ‘बाजी’ रोमान्टिक थ्रिलर जनरामा बनेको सम्भवत पहिलो नेपाली वेब सिरिज रहेको बताईएको छ । दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जीन्दगी नै बाजीमा पर्छ भन्ने मूख्य बिषय उठान भएको ‘बाजी’ प्रेम, द्वन्द्व तथा बदलाको कथामा बनेको निर्देशक चन्द बताउँछन् । 


ADVERTISEMENT

‘बाजी’मा वियोन्ड र निर्जला खनालको मुख्य अभिनय रहेको छ । वियोन्ड नयाँ पुस्तामाझ चर्चित गायक, गीतकार तथा संगीतकार हुन् । यो सिरिज जेठ २ गते देखी प्रत्येक बिहीबार योर स्टाईलको यूट्युब च्यानल मार्फत प्रसारण हुने बताईएको छ । 

योर स्टाइल र सिनेमाघर एपको सहकार्यमा बनेको यो सिरिज आठ श्रृंखलासम्म प्रसारण हुनेछ । योर स्टाइल र सिनेमाघरले आगामी दिनमा पनि यसैगरी सहकार्य गरेर वेब सिरिज बनाउने सिनेमाघर एपका कार्यकारी सागर खरेलले बताए ।

 

बैशाख २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार