×

NMB BANK
NIC ASIA

काबेली करिडोर : इलामको सोयाक–पाँचथर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न

बैशाख २२, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

काठमाडौं- वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ । बहुप्रतिक्षित १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भई परीक्षणसमेत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आयोजना सम्पन्न नहुँदा केही निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न समस्या हुँदै आएको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार सो प्रसारण लाइनको इलामको सोयाक–पाँचथरको खण्डको निर्माण सम्पन्न भएको छ । सो प्रसारण लाइनको शनिबारदेखि परीक्षण प्रसारण शुरु गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्राधिकरणको सोयाकबाट एउटा लाइन इलामको गोदक र अर्को लाइन झापाको लखनपुरमा जोडिएको छ । सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमस्थिति थापाटार सबस्टेशनमा जोडिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कूल ४२ दशमलव ८८ किलोमिटर लामो सो प्रसारण लाइनको दोस्रो खण्डमा १२६ वटा टावर रहेका छन् । “निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या झेल्दै रुग्ण अवस्थामा पुगेको यो खण्ड स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायलगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौँ”, घिसिङले भन्न्ुभयो । सो प्रसारण लाइन निर्माण सम्पन्न भएपछि निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा खेर नजाने सुनिश्चित भएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यकारी निर्देशक घिसिङले फिदिम–अमरपुर तेस्रो खण्डको निर्माण अगामी असारभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण भएको हो । झापाको लखनपुरदेखि शुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।

Vianet communication
Laxmi Bank

आयोजनाले निर्माण गर्नुपर्ने २६१ वटा टावरमध्ये तेस्रो खण्डको एउटाको मात्रै काम बाँकी रहेको छ । लखनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारण लाइन २०७२ असोजदेखि सञ्चालनमा आइसकेको छ । आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार र अमरपुरमा १३२-३३-११ केभी सशस्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।

प्रसारण लाइनको बाटोमा पर्ने जग्गाको शत्प्रतिशत क्षतिपूर्ति दिनुपर्ने, मार्ग परिवर्तन गर्नुपर्नेलगायत माग राखी इलामको मङ्गलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए । समस्या समाधानका लागि कार्यकारी निर्देशक घिसिङ गत वर्ष आफैँ आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरी समस्या समाधान गर्नुभएको थियो । काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४ दशमलव ९ मेगावाटको हेवाखोला ‘ए’ र २२ दशमलव १ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिनेछन् ।

हेवाखोला ‘ए’ हाल सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ । हेवाखोला ‘ए’को विद्युत् अहिले अस्थायी रुपमा ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । दुवै आयोजना थापाटार सबस्टेशनमा जोडिनेछन् । कूल १३ दशमलव ३३ किलोमिटर लम्बाइ भएको तेस्रो खण्डमा पर्ने ४० वटा टारमध्ये ३९ वटाको निर्माण सकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो ।

“बाँकी एउटा टावर खडा हुँदैछ, करीब सात किलोमिटर तार तानिसकेका छौँ, बाँकी काम सकेर आगामी असार १५ भित्रमा लाइन सञ्चालन गर्ने गरी काम गरिरहेका छौँ”,उहाँले भन्नुभयो । कूल ३७ दशमलव ६ मेगावाट क्षमताको को काबेली ‘ए’, २५ मेगावाटको काबेली बी–१, १० मेगावाटको रैराङलगायत निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाहरुको विद्युत् तेस्रो खण्डमा जोडिनेछ । काबेली करिडोर प्रसारण लाइन निर्माण करीब १० वर्षअघि शुरु गरिएको थियो ।

ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रूख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले आयोजनाको काममा ढिलाइ भएको हो । कूल तीन करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको सो प्रसारण लाइन आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । रमेश लम्साल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x