पञ्चकन्याद्वारा विशेष प्लम्बिङ तालिम घोराहीमा सम्पन्न

बैशाख २२, २०७६

दाङ- पञ्चकन्या ग्रुपद्वारा सेकीसुई जापान र स्टारलाइन इन्टरप्राइजेज भारतको सहकार्यमा विशेष प्लम्बिङ तालिम घोराहीमा सम्पन्न भएको छ । 

दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा ७२ जनाको सहभागिता भएको थियो ।


ADVERTISEMENT

नेपालमा यस किसिमको तालिम दिने पहिलो निजी कम्पनी पञ्चकन्या ग्रुपले प्रारम्भिक प्लम्बिङ तालिम दिइएको र यस कम्पनीले जापानको प्रख्यात कम्पनी सेकीसुइ रस्टारलाइन इन्टरप्राइजेज, भारतका दक्ष, अनुभवी तथा प्रोफेशनल प्रशिक्षकद्वारा सहभागीहरूलाई प्रशिक्षण दिएको थियो । 

यस तालिमको प्रमुख उद्देश्य भनेको देशका बेरोजगार युवायुवतीहरू सीपमुलक बनाएर आफ्नै देशमाआम्दानी गर्नको लागि वातावरण सिर्जना गर्नु भएको कम्पनीले जनाएको छ । 

 

बैशाख २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस