४० वर्षीया अशक्त महिलालाई ‘वलात्कार’ गरेको आरोपमा ३५ वर्षीय पुरुष पक्राउ

बैशाख २२, २०७६

धनुषा–मिथिला नगरपालिका ११ लोटा बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा, बीरगंज महानगरपालिका ३२ बस्ने ३५ वर्षीय फिरोज अलीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

शारीरिक रुपमा अशक्त ती महिला राम्रो उपचार गर्छु भनि ललाईफकाई शनिबार साँझ फिरोजले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 


ADVERTISEMENT

बैशाख २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार