×

NMB BANK
NIC ASIA

ग्रामी तथा ईभोर नोभेल्लो विजेता 'क्लिन ब्यान्डिट'को टुबोर्गसँग सांगीतिक सहकार्य

बैशाख २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- डेनिस ब्राण्ड टुबोर्गले आफ्नो सफल सांगीतिक अभियान टुबोर्ग ओपन फेरि शुरू गर्ने घोषणा गरेको छ । यस वर्ष भने ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ र ‘नितेश जंग कुंवर’ले नयाँ ट्रयाकको लागि सांगीतिक सहकार्य गर्नेछन् ।

Muktinath Bank

‘क्लिन ब्यान्डिट’ मा ग्रेस च्याटो र दाजुभाई ल्युक र ज्याक प्याटेरसन रहेका छन् । डेमी लोभाटो र सिन पलजस्ता कलाकारहरूसँग निकै लोकप्रिय रहेको ‘सोलो’ र ‘रकबाई’ गीतमा काम गरिसकेका क्लिन ब्यान्डिटले विश्वभर आफ्ना गीतहरूको ४ करोड भन्दा बढी कपीहरू बिक्री गर्न सफल रहेका छन् भने नितेश जंग कुँवरको युट्युबमा ४ लाख पचासी हजार सब्सक्राइबर्सको साथमा उनको गीतहरू निकै लोकप्रिय रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टुबोर्ग ओपनले संगीतको माध्यमबाट मानिसहरूलाई नयाँ शैली र अनुभवहरूको लागि खुल्ला (स्टे ओपन) रहन प्रेरणा गर्छ । यस वर्ष टुबोर्ग ओपनले क्लिन ब्यान्डिटलाई विश्वभरका
विभिन्न सांगीतिक शैलीका कलाकारहरूसँग सहकार्य गराई क्लिन ब्यान्डिट र उनीहरूको प्रशंसकहरूलाई नयाँ अनुभव र प्रेरणा लिन निमन्त्रणा गरेको छ । क्लिन ब्यान्डिटलाई क्लासिकल, पप र इलेक्ट्रोजस्ता विभिन्न सांगीतिक शैली मिलाई प्रस्तुति दिने सांगीतिक समूहको रूपमा चिनिन्छ । 


Advertisment
Nabil box
Kumari

२०१९ मा टुबोर्गको साथमा क्लिन ब्यान्डिटले चीन, भारत, नेपाल, रसिया र भियतनाममा त्यहाँका स्थानीय कलाकासँग मिलेर सांगीतिक सहकार्य गर्नेछन् ।

Vianet communication
Laxmi Bank

उनीहरूको भ्रमणमा उनीहरूले आफ्ना दर्शकसँग भेट्ने र स्थानीय कलाकारसँग कोल्याबोरेसन ट्रयाकको लागि काम गर्नेछन् । स्थानीय कलाकारहरूले शुरू गरेको ट्र्याकमा क्लिन ब्यान्डिटले आफ्नो रचना र शैली झल्काउँदै पूर्ण बनाउनेछन् ।

युकेन, सरबिया र बोस्नियामा भने त्यहाँका स्थानीय कलाकारहरूले क्लिन ब्यान्डिटको कुनै ट्र्याक आफ्नो शैलीमा प्रस्तुत गर्नेछन् । सबै ट्र्याकहरूको ग्लोबल प्लेलिस्ट बनाई विश्वभरका डिजिटल स्ट्रिमिङ प्लाटफर्महरूमा राखिनेछन् ।

अभियानको शुरूआतमा ग्रेस च्याटोले भनिन्, 'टुबोर्ग ओपनको साथमा यी पाँच राष्ट्रहरूमा कलाकार र दर्शकहरूसँग भेट्न हामी निकै उत्साहित छौं । नयाँ ठाउँहरू घुम्न र नयाँ संस्कृतिहरूबारे बुझ्न हामी सधैं उत्सुक हुन्छौं ।'

ज्याक प्याटेरसन्ले थपे, 'संगीतकार र चलचित्र निर्माता भएको नाताले हामीले सधैं विभिन्न शैली र संस्कृतिहरूबाट प्रेरणा लिएका छौं । नयाँ संस्कृतिमा भिज्नु, त्यहाँका स्थानीय कलाकारहरूसँग सहकार्य गर्न पाउनु हामी कलाकारहरूको लागि निकै सुनौलो अवसर हो ।'

नयाँ कलाकारहरूसँग सहकार्य गर्ने अवसरबारे ल्युक प्याटेरसनले भने, 'कलाकारको लागि नयाँ शैलीमा संगीत बनाउने तरिकाको लागि खुला रहनु निकै आवश्यक छ । नयाँ कामहरू गर्ने चाहना नै सांगीतिक सहकार्यको मुख्य तत्व हो र क्लिन ब्यान्डिट ब्याण्ड शुरू गरेदेखि नै हामीले यही गर्न खोजेका छौं । यस अभियान मार्फत हामीले विश्वभरका कलाकारहरूसँग काम गर्न पाउँदा र निकै प्रतिभाशाली संगीतकारहरूसँग नयाँ अनुभवहरू बटुल्न पाउने हुँदा निकै उत्सुक छौं ।'

नेपाल, चीन, भारत, भियतनाम र रसियाको भ्रमणहरू खिचेर टुबोर्गको डिजिटल च्यानलहरूमा यही वैशाखबाट राखिनेछ जहाँ विश्वभरका दर्शकहरुले क्लिन ब्यान्डिटको भ्रमण र अनुभवहरू हेर्न पाउनेछन् ।

टुबोर्गका अन्तर्राष्ट्रिय मार्केटिङ म्यानेजर मिलान शाह भन्छन्, 'टुबोर्ग ओपनले विश्वभर हामीले आशा गरेको भन्दा धेरै ठूलो र सकारात्मक छाप पार्न सफल भएको छ । हामीले
अहिलेसम्म विभिन्न संस्कृति र सांगीतिक शैलीहरू मिलाइ २० वटा कोल्याबोरेटिभ ट्र्याकहरू तयार गरेका छौं । हाम्रा ५ मुख्य बजारहरूमा क्लिन ब्यान्डिटलाई लगेर ती देशहरूको अनुभव दिलाउन हामी उत्सुक छौं । विभिन्न सांगीतिक शैलीहरु मिलाई रचना गर्नुमा क्लिन ब्यान्डिटको राम्रो इतिहास रहेको छ । त्यसैले उनीहरूलाई विभिन्न संस्कृति र शैलीका
कलाकारहरूसँग सहकार्य गर्ने मौका दिन पाउँदा निकै खुसी छौं ।'

गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ डाइरेक्टर बैभब शर्मा भन्छन्, 'टुबोर्गको संगीतसँग लामो र गौरवशाली सम्बन्ध रहेको छ । जसले नयाँ शैली र कलाकारहरूलाई नयाँ बजारमा
चिनाउन सहयोग गर्छ । यस वर्षको टुबोर्ग ओपन अभियान मार्फत हामी फेरि एक पटक विश्वभरका मानिसहरूलाई ‘ओपन टु मोर’ हुन प्रोत्साहन गर्दैछौं । हाम्रो स्थानीय कलाकार
नितेश जंग कुँवरसँग क्लिन ब्यान्डिटको सांगीतिक सहकार्यको घोषणा गर्न पाउँदा उत्साहित भएका छौं ।'
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x