मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
काठमाडौं- मलेसियाको इपोह पेयर्कमा सम्पन्न १६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्णसहित आठ पदक जित्न सफल भएका छन् ।
ईन्द्रमुलिया स्टेडियममा भएको खेलमा नेपालको तर्फबाट नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीले विभिन्न तौलमा प्रतिष्पर्धा गरेका थिए ।
नेपाल रेन्बुकाई कराँते डो संघको तर्फबाट महिला तर्फ हिरादेवी राई, जुनियरतर्फ ८ वर्ष मुनिको उमेर समूहमा कुमितेतर्फ तिलोतमा नगरपालिका रुपन्देहीका ईश्वर बिक, १० वर्ष उमेर समूहमा रुपन्देहीकै संगम नेपाली, १२ वर्ष समूहमा युजिन गुरुङ, १३ वर्षमा समुद्र सिंह राना, १४ वर्ष उमेर समूहमा सविन श्रेष्ठ, ओम सतिया गाउँपालिका रुपन्देहीका कमल चौधरीले १५ वर्ष उमेर समूहमा प्रतिष्पर्धा गर्दै पाँच स्वर्णसहित आठ पदक जित्न सफल भएको नेपाल रेन्बुकाई कराँते संघका केन्द्रीय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशम लाल लामा तामाङले जानकारी दिए ।
स्वर्ण जित्नेमा नोबेल ईन्भारोमेण्ट एकेडमी कोटीहवाका ईश्वर बिक, न्यु नमूना बोर्डिङ स्कुल भलुहीका युजिन गुरुङ, सिद्धार्थ ग्यालेक्सी कोटीहवाका समुद्र सिंह राना, गुरुकुल इन्स्टिच्युटका सविन श्रेष्ठ, सनलाइन बोर्डिङ स्कूल ओमसतियाका कमल चौधरी रहेका छन् ।
यस्तै प्रतियोगितामा संन्जिवनी शिक्षा सदनका संगम नेपाली रजत, हिरादेवी राईले काता तथा कुमितेमा गरी दुई रजत पटक प्राप्त गरेको प्रशिक्षक कमरुदिन अलि (मोहम्मद अलि )ले जानकारी दिए ।
१२ वर्ष उमेर समूहमा नेपाली खेलाडि युजिनसँग उज्वेकिस्तानका खेलाडिले निकै प्रतिष्पर्धातमक खेल खेल्दा युजिनले किक प्रहार गरी आफ्नो दबाबमा राख्दै नतिजा नेपालको पक्षमा पार्न सफल भए । कुनै पनि प्रतियोगितामा हार नबेहोरेका उज्वेकिस्तानका खेलाडिले नेपाली प्रतिष्पर्धीसँग हार खाएसँगै रुँदै एरिनाबाट बाहिरिएर र प्रतिष्पर्धी युजिनलाई मायाको चिनो समेत प्रदान गरे । यो दृष्य सबैका लागि आकर्षक बनेको थियो ।
विजयी खेलाडीलाई मलेसियाको स्पेयर्कका युवा तथा खेलकुद मन्त्री यब ईन्सिक लि चाउन होनले प्रमाण पत्र तथा पदक हस्तान्तरण गरे ।
भारत, मलेसिया, सिंगापुर, जर्मनी, इण्डोनेसिया, पाकिस्तान, दुवई, इक्जुस्थानलगायत १६ राष्ट्रका करीब १ हजार भन्दा बढी खेलाडी सहभागी प्रतियोगितामा नेपालको तर्फबाट दुई टोली सहभागी थिए ।
नेपाली टोली अनुशासित तथा सबैको आकर्षण बन्न सफल भएको भन्दै ओकनवा गजुरियो डो एशियाका प्रमुख प्रशिक्षक सिहान एस.के आनन्थानले नेपाली टोलीको निकै प्रशंसा गरे ।
नेपालले २०१९–२० लाई भिजिट वर्षका रूपमा मनाउन गइरहेकोले यसलाई सफल बनाउन आफू नेपाल आउने उनले प्रतिबद्धता जनाए ।
प्रतियोगितामा नेपाली चेली पुष्पा गुरुङले रेफ्रीको भूमिका निभाएकी थिइन् ।
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...