हृत्तिकसँग फेरि जोरी खोज्दै कंगना, फिल्म रिलिज मिति जुधाइन्

बैशाख २४, २०७६

काठमाडौं – बलिउड अभिनेत्री कंगना रनावतले हृत्तिक रोशनलाई टक्कर दिने कुनै पनि मौका गुमाउन नचाहेको देखिन्छ । 

उनीहरूबीच केही समयअघि सम्बन्ध बनेर बिग्रिएपछि कहिले पनि सँगै काम नगर्ने निर्णय लिइसकेका छन् । सँगै काम नगरेपनि कंगनाले हृत्तिकसँग जुध्ने कुनै पनि अवसर गुमाइरहेकी छैनन् । 


ADVERTISEMENT

कंगनाले आगामी फिल्म मेन्टल है क्या को रिलिज मिति सारेकी छन् । यो फिल्म अब हृत्तिकको सुपर ३० सँगै रिलिज हुनेछ । 

पहिला कंगनाले त्यो फिल्म २१ जुनमा रिलिज गर्न लागेकी थिइन् । हृत्तिकको फिल्म २६ जुलाईमा सार्वजनिक हुन लागेको थाहा पाएपछि कंगनाले आफ्नो फिल्म पनि त्यही मितिमा रिलिज गर्न लागेकी हुन् । 

कंगनाले नै आदेश दिएर फिल्मको सार्वजनिक मिति सारेको सूत्रहरूले बताए । फिल्म अहिले पोस्ट प्रोडक्सन फेजमा छ र कंगना सीधै हृत्तिकलाई टक्कर दिन चाहन्छिन् । 

एजेन्सी

बैशाख २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार