×

NMB BANK
NIC ASIA

काठमाडौं– तपाईं हामी आफ्नै वा आफन्तको उपचारको सिलसिलामा वीर अस्पताल त पुगेकै हुन्छौं । स्वास्थ्य जाँच गरायो, फर्क्यो । त्यो भन्दा बढी मतलब हामी गर्दैनौं ।  

Muktinath Bank

तर गहिरो चासो दिएर हेर्ने हो भने वीर अस्पताल परिसरमा हाम्रो देशको गरीबी चित्रण गर्ने दर्जनौं दृश्य देख्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नपत्याए देशकै पुरानो वीर अस्पतालको आकस्मिक उपचार कक्षको शौचालयपट्टि एक पटक ध्यान दिएर हेर्नुहोस् । तपाइँले देख्न सक्नु हुनेछ– बेवारिसे अवस्थामा ऐया-ऐया गरेर छटपटाइरहेका बिरामीहरू ।  


Advertisment
Nabil box
Kumari

मेलम्ची घर भएका अन्दाजी ५० वर्षका मिलन नेपाली  विगत १० दिनदेखि यही अस्पतालमा छन् ।

Vianet communication
Laxmi Bank

वीरमा वैशाख १३ गते भर्ना भएका नेपालीलाई एचआइभी एडस्, टीभी, ज्वरो, दिसाबाट रगत आउने समस्या छ । उनलाई अहिले जोन, ओनकाम, एन्टीवायोठिक, अन्डाम, एनएस र बेग्लोफन औषधिहरू खुवाइरहेको मेडिकल विभागका ड्युटी डाक्टर ओमीर देवानले लोकान्तरलाई बताए । 

बेवारिसे अवस्थामा रहेका मिलन नेपालीलाई प्रहरीले अस्पतालसम्म पुर्‍याइएको रहेछ । 

उनलाई वीर अस्पतालको शौचालयको छेवैमा एउटा स्टेचरमा राखिएको थियो । तर उनले बिरामी बस्ने बेडमा स्थान पाएनन् । एउटा स्टेचरमा बिना बिछ्यौनामा उनलाई राखिएको छ । 

त्यस्तै बेवारिसे अर्का बिरामी हुन्– अन्दाजी ५० वर्ष कै राम खत्री । एउटा खुट्टा सुन्निएको र अर्को खुट्टा सुकेको छ । उनी पनि रोगले च्यापेर छटपटाइरहेका छन् । अस्पतालमा उनको कुनै रेकर्ड राखिएको छैन । 

अस्पतालमा रहेका डाक्टहरूलाई सोधपुछ गर्दा ‘फाइल यतै थियो सर, कता गएछ ?’ भन्ने गैर जिम्मेवार जवाफ आयो । उनलाई बेवारिसे बिरामीको व्यवस्थापन गर्दै आएका दुर्गाप्रसाद अर्यालले नै औषधि दिइरहेका छन् । 

अर्यालले हातमा सेफ्ट्रीयाक्सोन र फाइलोपेन ५०० एमजी नामको औषधि देखाउँदै भने– ‘उहाँलाई मैले नै औषधि खुवाइरहेको छु । चिकित्सलाई मतलब छैन ।’

खत्री बोल्न सक्दैनन् । चिकित्सकले उनलाई सामान्य जाँच समेत गरेका छैनन् । उनलाई के भएको हो भन्ने पत्ता लाग्न सकेको छैन । 

‘पत्ता लगाउने कसले,’ अर्याललाई सोधियो, ‘मैले त बेवारिसे व्यवस्थापनको पदीय जिम्मेवारी निभएको हुँ । के भएको हो भनेर त चिकित्सकले पत्ता लगाउन सक्छन् ।’ 

खत्रीलाई पनि प्रहरीले नै वीर अस्पतालसम्म ल्याएर छोडेका हुन् । उनी कहिलेदेखि थलिएका हुन् भन्ने कसैलाई थाहा छैन । उनको अवस्था कमजोर छ । खानलाई पैसा छैन । ओढ्नलाई कपडा छैन । 

बेवारिसे बिरामीको पीडामा छट्पटाइरहेकी अर्की बिरामी हुन् – सिन्धुपाल्चोककी ३० वर्षीया अस्मिता तामाङ । उनलाई डाउनलो बेड १ मा राखिएको छ । 

तामाङको रोगको पहिचान भइनसकेकाले उनलाई एन्टीबायोटिक मात्र चलाइएको डा. देवानले लोकान्तरसँग बताए । 

तामाङको नाक र मुखबाट रगत आएर सुकेको स्पष्टै देखिन्छ । उनलाई बौद्ध प्रहरीले सडकबाट वीर अस्पतालमा ल्याएको रहेछ । 

अस्पतालले बेवारिसे बिरामीको व्यवस्थापनको लागि एक जना कर्मचारी खाटाएको छ । ती कर्मचारीले अस्पतालले निःशुल्क उपलव्ध गराएको औषधि र खान दिइरहेको डा. केदार प्रसाद सेन्चुरीले लोकान्तरसँग दाबी गरे । उनीहरूलाई अस्पतालमा नभएका औषधिहरू सन्जीवनी फार्मेसी र कृष्ण फार्मेसीबाट उपलब्ध गराउँदै आएको सेन्चुरीले बताए । 

दिनमा सालाखाला पाँचजना बेवारिसे बिरामी अस्पतालमा आउने गरेको अर्यालले बताए । 

बेवारिसे बिरामीका लागि दुई वटा बेड राखिएको छ । तर एउटा मात्र सञ्चालनमा छ । 

राष्ट्रिपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा पेश गरेको निती तथा कार्यक्रमको ७३ नम्बर बुँदामा ‘अशक्त, असहाय र बेवारिसे मनोसमाजिक बिरामीहरूको उपचार र पुन:स्थापना गरिनेछ’ उल्लेख छ । स्वास्थ्य केन्द्रहरूमा आकस्मिक शल्यक्रिया र ट्रमा उपचार सेवा उपलब्ध गराइनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।  

यस्तै गत वैशाख १५ गते राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू भोकभोकै मर्न नपर्ने र बिरामीले पनि मर्न नपर्ने बताउनुभएको थियो । तर वीर अस्पतालका यी बेवारिसे बिरामीको अवस्थाले राष्ट्रपति र प्रधानमन्त्रीका अभिव्यक्तिलाई गिज्याइरहेको देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x