प्रियंकाको हट फोटोशूटसहित रुसलानको क्यालेन्डर सार्वजनिक

बैशाख २४, २०७६

काठमाडौं- रुसलानले आफ्नो ब्राण्ड सद्भावनादूत प्रियंका कार्कीलाई समावेश गरिएको विशेष किसिमको क्यालेन्डर सार्वजनिक गरेको छ ।

रुसलानले नेपालमा पहिलो पटक हाइ– फेशनको स्वीमसूटमा छायांकन गरिएको फेशनदार क्यालेन्डर प्रस्तुत गरेको छ । बितेको ४० वर्षदेखि रुसलानले बजार प्रवर्द्धन र ब्राण्ड पहिचानका नवीनतम सोचद्वारा ब्राण्डिङमा अग्रताहासिलगर्दै आफूले प्राप्त गरेको नेपालको अत्यन्तलोकप्रियभोड्काको शानलाई निरन्तरता दिँदै आएको छ ।


ADVERTISEMENT

यो वर्ष रुसलानले ग्राहकहरुको अभिरुचीलाई ध्यानमा राखेर दुई नयाँ नवीनतम ब्राण्ड रुसलान अल्ट्रा प्रिमियम भोडका र रुसलान गोल्ड रिजर्भ भोडकाको रचना गर्न सक्षम भएको छ । र पहिलो पटक ब्राण्डले देशको युवा प्रतिभाहरूमा सर्वाधिक रुचाइएकी प्रियंका कार्कीसँग सहकार्य गरेर रुसलान स्वीमसूट क्यालेण्डर २०७६ प्रस्तुत पनि गरेको छ ।

नेपालको लागि पहिलो पटक यो क्यालेण्डरको लक्ष्य भनेको नयाँ तुलनाधार सिर्जना गर्दै विश्वव्यापी स्तरमा फेशनको उचाइ पुर्‍याउने र सहकार्य गर्ने रहेको छ । क्यालेण्डरको छायांकन प्रतिभाशाली फोटोग्राफर सञ्जोग राईको कुशलनजरबाट अत्यन्त विस्तारपूर्वक सौन्दर्यानुभूति सहित गहन ढंगले गरिएको छ ।

प्रियंका कार्की आफ्नो कलालाई संवेदनशील तवरले उजागर गर्नमा माहिर कलाकारको रूपमा परिचित छिन् । यो क्यालेण्डरसँगको आबद्धताको बारेमा आफ्नो भनाइ राख्दै उनले भनिन्, 'रुसलान एक अद्भूत ब्राण्ड हो । अहिलेको व्यवसाय भनेको नै बजारमा तहल्का मच्चाउनु हो र जोखिमयुक्त तौरतरिकाहरू एवं नवीन सिर्जनाहरूको उपायद्वारा उपभोक्ता र दर्शकहरूसँगको सम्बन्धलाई नवीकरण गरिरहनु हो । साथै यो तपाईंको शरीरको बनौट जस्तो भएपनि त्यसलाई स्वीकार गरिरहने सम्बन्धी पनि हो । म तन्दुरुस्त र बलियो रहन कडा परिश्रम गर्ने गर्छु । स्वीमसूट क्यालेण्डरमा देखिनु शारीरिक र मानसिकदुवै तवरले कठिन कुरा हो तर म विश्वास गर्दछु कि ठूलो र भिन्न कामहरू गर्नलाई कडा मेहनत गर्नुको कोहीसँग कुनै विकल्प हुँदैन ।'

हाइ–फेशनक्यालेण्डरहरू मार्फत् ब्राण्ड आबद्धताको परम्परा विश्वव्यापी रूपमा एक प्रचलित विषय हो र तीमध्ये केही विश्व–स्तरका ब्राण्डहरू छन् । रुसलान स्वीमसूट क्यालेण्डरका प्रत्येक पाना अत्यन्त जटिल, सन्तुलित र स्तरीयताको अद्भूत समीश्रण हो र यसको छायांकन भैरहवास्थित उत्कृष्ट आरामदायी टाइगर प्यालेस रिसोर्टमा गरिएको कम्पनीले जनाएको छ । 

बैशाख २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार