×

NMB BANK
NIC ASIA

जनकपुरधाम- लाल बाबु राउत नेतृत्वको प्रदेश नम्बर दुईको सरकार कामकाज भन्दा पनि भ्रमणमै बढी केन्द्रित भएको छ ।

Muktinath Bank

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले उपलब्ध गराएको विवरण अनुसार मुख्यमन्त्री राउतसँगै ६ जना मन्त्री र ६ जना राज्यमन्त्रीले गरेको जिल्ला भ्रमणसँगै प्रदेश बाहिरका अन्य जिल्लाहरूमा गरेको भ्रमणमा मात्रै लाखौं रकम खर्च भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालु आर्थिक वर्षको साउन महिनादेखि पुष महिनासम्ममा मात्रै कुल ७ लाख ७५ हजार रुपैयाँ भ्रमण खर्च बापत भुक्तानी दिइएको छ । त्यसमा कुन-कुन मन्त्रीले कति-कति रकम दैनिक भ्रमण भत्ता बापत पाए, तिनका स्वकीय सचिवदेखि सचिवालयका कुन-कुन कर्मचारीले कति रकम भत्ता बापत बुझे भन्ने कुराको जानकारी उपलब्ध गराउन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले मानेन । 


Advertisment
Nabil box
Kumari

वैशाख महिना बित्न लाग्दा पनि चैत्र महिनासम्मको तथ्यांक अद्यावधिक गर्नु बाँकी नै रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी पदम पोखरेलले बताए । त्यसमा पनि कर्मचारी भ्रमण र पदाधिकारी भ्रमणको छुट्टाछुट्टै लगत नै नबनाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका लेखा अधिकृत राजेश काफ्लेले बताए ।  

Vianet communication
Laxmi Bank

लोकान्तर प्रतिनिधिले सुचनाको हकको प्रयोग गर्दै निवेदन दिएको दुई महिना बितिसक्दा पनि सूचना अधिकारीले भ्रमण भत्ता बापतको सूचना उपलब्ध गराएका छैनन् । स्रोतका अनुसार मुख्यमन्त्री लाल बाबु राउतले नै कर्मचारीहरूलाई सूचना वितरण गर्नमा अंकुश लगाएका छन् । खास गरेर भ्रमण भत्ताको शीर्षक अन्तर्गत खर्च विवरण नदिन भन्दै कर्मचारीलाई उनले अंकुश लगाएका हुन् ।  खास गरेर सरकारका पदाधिकारीले पाउनु पर्ने मासिक इन्धनका अतिरिक्त आ-आफ्नो मन्त्रालयबाट समेत इन्धन लिँदै आएका छन् । तर त्यसमाथि अंकुश लगाउन सकिएको छैन । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७४/०७५ को फागुनदेखि असार मसान्तको पाँच महिनाको अवधिमा मन्त्रीहरूले जिल्ला भ्रमण बापत १० लाख १४ हजार ९ सय रुपैयाँ बुझेका थिए । सबैभन्दा बढी रकम खर्च गर्नेमा मुख्यमन्त्री लालबाबु राउत नै थिए । उनले पाँच महिनाको अवधिमा जिल्ला भ्रमण बापत १ लाख ७४ हजार ५० रुपैयाँ बुझेका थिए । त्यसै गरी सामाजिक विकास मन्त्री नवलकिशोर साहले १ लाख ४० हजार १ सय रुपैयाँ बुझेका थिए । कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जिल्ला भ्रमण भत्ता बापत १ लाख १७ हजार रुपैयाँ बुझेका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले पाँच महिनामा १ लाख १० हजार ५ सय, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनारले १ लाख ८ हजार १ सय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले ४६ हजार रुपैयाँ खर्च गरेका थिए । आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले जिल्ला भ्रमणमा ८६ हजार, आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजकुमार सिंहले ६७ हजार, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले ९० हजार १ सय ५० रुपैयाँ खर्च गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x