साङयोङ मोटर्सले ल्यायो 'फ्री सर्भिस क्याम्प'

बैशाख २४, २०७६

काठमाडौं- आईएमएस् मोटर्स, साङयोङ मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता हो ।  कम्पनीले ग्राहकलाई लक्षित गर्दै हालै 'फ्रि साङयोङ सर्भिस क्याम्प' सञ्चालन गरेको छ । 

कम्पनीका अनुसार यस  यस फ्री साङयोङ सर्भिस क्याम्पमा ग्राहकले फ्री सर्भिसिङ (गाडी सरसफाइ), फ्री हेल्थ चेकअप, लुब्रिकेन्ट्स् मा १५ प्रतिशत छुट जस्ता अफरहरू प्राप्त गर्न सक्नेछन् । 


ADVERTISEMENT

त्यस्तै यस क्याम्पमार्फत ग्राहकले  गाडीको जेनुयन पार्टस्मा १५ प्रतिशत छुट पाउनुका साथै  फ्री डीएसएम डाइनोसिस्‌को अफर पनि प्राप्त गर्न सक्नेछन् । 

यस सर्भिस क्याम्पमार्फत ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

यस फ्री साङयोङ सर्भिस क्याम्प २०७६ वैशाख २२ गते देखि वैशाख २८ गते सम्म मोटो इन्जिनियरिङ प्रा. लि. नयाँ बजार, काठमाडौंमा हुने जनाइएको छ । 

कोरियन गाडी निर्माता कम्पनी साङयोङ आरामदायी गाडी निर्माता कम्पनी हो । यो दक्षिण कोरियाको चौथो ठूलो मोटर उत्पादक संस्था हो । उच्च गुणस्तरीय इन्जिनीयरद्वारा उत्पादित आधुनिक, आरामदायी तथा उच्च कार्यक्षमताका साथ सन् १९५४ देखि बजारमा उपलब्ध छन् । विभिन्न प्रकारका आधुनिक मोडेलहरूमा आरामदायी कार, सभ्स्, पिक अप ट्रक, एमपीभीएस बजारमा उपलब्ध छन् । 
 

बैशाख २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार