दुई अंकले बढ्यो नेप्से

बैशाख २४, २०७६

काठमाडौं- धितोपत्र बजारमा मंगलवार शेयरको मूल्यमा सामान्य बिन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १.८७ बिन्दुले बढेर एक हजार ३०१.२८ बिन्दुले बढेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ बिन्दुले बढेर २७९.२४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीको २५ लाख २० हजार ७९० कित्ता शेयर ७२ करोड ८८ लाख २८ लाख ७४५ रुपैयाँ मूल्यमा खरीद–बिक्री भए । नेप्से परिसूचक समान्य अङ्कले बढ्दा कारोबार रकम भने सोमवारको तुलनामा वृद्धि भएको हो । 


ADVERTISEMENT

कारोबार भएका कूल दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ २.५६ र वित्त १.९३ बिन्दुले घटेको छ । होटल १०१.०७, विकास बैंक २.०२, जलविद्युत् १.३७, निर्जीवन बीमा ५.२३, उत्पादन १५.८१, अन्य ९.४७, लघुवित्त ४.१२ र जीवन बीमा १.०८ बिन्दुले बढेको छ । 

स्टकका अनुसार आज एनसीसी बैंक कारोबारमा शीर्ष स्थानमा छ । प्रतिकित्ता २४८ रुपैयाँमा पाँच करोड ९४ लाख ६८ हजार १२८ रुपैयाँमा सो बैंकको शेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्ट चार करोड ९० लाख १८ हजार ६९७, नेपाल बैंक लिमिटेड तीन करोड ५७ लाख ८९ हजार १६२, नागरिक लागनी कोष दुई करोड ६५ लाख ९४ हजार ७३ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । 

आज हिमालयन डिस्टिलरीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै ओरण्टल होटल ६.७५, राधी विद्युत् कम्पनी ५.७३, सोल्टी होटल ५.२६ र सिन्धु विकास बैंकका शेयरधनीले ४.६५ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनीका शेयरधनीले ९.६२ बिन्दुले गुमाए । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ५.६३, नेशनल हाइड्रोपावर ४.१२, सपोर्ट माइक्रोफाइनान्स ३.४, प्रोगेसिभ माइक्रोफाइनान्सका लगानीकर्ताले ३.२५ प्रतिशतले गुमाए । 

बैशाख २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार