‘७ प्रकारका’ हुन्छन् आत्मा, पढ्नुहोस्

बैशाख २५, २०७६

दैनिकजसो हामी सयौं व्यक्तिका अनुहार देख्छौं । यीमध्ये एक–दुई अनुहार यस्ता हुन्छन्, जसलाई हाम्रो दिमागले याद गर्न सक्छ । 

घरबाट बाहिर निस्केपछि अनेक प्रकारका व्यक्तिसँग मिल्ने र भेट्ने प्रक्रिया सुरु हुन्छ । र यो नियमित रुपमा चलिरहन्छ । अनुहारहरु त अनगिन्ती हुन्छन्, तर जानकारहरुका अनुसार आत्मा भने ७ प्रकारका मात्रै हुन्छन् । 


ADVERTISEMENT

सन्त, पूजारी, राजा, योद्धा, विद्वान, सेवक तथा शिल्पकार,,, आत्मका प्रकार हुन् । आफूभित्र कस्तो आत्मा छ ? यो जान्न जोकोही पनि उत्सुक हुन्छन् नै । 

सेवक

यस्ता व्यक्ति जो मानवताप्रति आफ्नो पूरा जीवन समर्पित गर्छन् । अरुको सेवामा नै सुख प्राप्त गर्छन् । यस्ता व्यक्तिको आत्मालाई यो श्रेणीमा राख्ने गरिन्छ । यस्ता व्यक्तिको सिर गोलो हुन्छ र आँखा छोटो हुन्छ । यस्ता व्यक्तिको अनुहार बच्चाको जस्तै मासुम हुन्छ । 

मौलिक लक्षणको कुरा गर्दा यस्ता व्यक्ति पूर्णरुपमा इमान्दार, समर्पित तथा सबैको ध्यान राख्ने खालका हुन्छन् । 

शिल्पकार

आत्मिक रुपमा शिल्पकार आत्मा भएका व्यक्तिको अनुहारको आकार कप तथा हृदय (मुटु) जस्तो हुन्छ । यस्ता व्यक्तिको आँखामा खास प्रकारको सपना हुन्छ । यस्ता व्यक्ति आफूभित्रको चाहनालाई पूरा गर्न जहिले पनि अग्रसर हुन्छन् । यस्ता व्यक्तिको कल्पनाशक्ति पनि धेरै कमालको हुन्छ । 

योद्धा

यस्तो आत्मा हुने व्यक्तिको त्वचा धेरै कडा खालको हुन्छ । यस्ता व्यक्तिको हाउ–भाउ धेरै कठोर हुन्छ । यस्ता व्यक्तिलाई देखेर धेरैले उनीहरुसँग कुनै निहु खोज्ने हिम्मत गर्दैनन् । यस्ता व्यक्ति समर्पित, दृढ निश्चयी र हरेक समय आवेगमा रहन्छन् । 

विद्वान

समाजभन्दा अलि फरक तरिकाले रहने, जसको अनुहारमा कुनै पनि प्रकारको भाव हुँदैन, यस्ता व्यक्तिको भित्र एक विद्वान आत्मा हुन्छ । यस्ता व्यक्तिको आँखा धेरै तेजिलो र गहिरो हुन्छ । आन्तरिक रुपमा यस्ता व्यक्ति धेरै जिज्ञासु, ज्ञानी तथा तार्किक हुन्छन् । 

सन्त

यस्ता व्यक्तिका अनुहारको लक्षण धेरै गहिरो हुन्छ । आँखामा छुट्टै प्रकारको चमक हुन्छ, जसले जोसुकैलाई पनि आकर्षित गर्न सक्छ । जो व्यक्ति यिनीहरुको सम्पर्कमा आउँछन्, उनीहरुलाई सकरात्मक उर्जा प्राप्त हुन्छ । यस्ता व्यक्तिसँग मिलेर हरेक व्यक्तिलाई खुसी मिल्छ । 

पूजारी

यस्ता व्यक्तिको अनुहारको आकार बदामको जस्तो हुन्छ । यस्ता व्यक्तिसँग मिलेर यस्तो लाग्छ कि, सबैथोक ठीक छ । यस्ता व्यक्तिले जोसुकैलाई पनि आफ्नो कुरा सजिलै मनाउन सक्छन् । 

राजा

दृढ इच्छाशक्ति भएका यस्ता व्यक्तिको छाती चौडा र अनुहार अपेक्षाकृत ठूलो हुन्छ । स्त्री भए पनि यस्तो आत्मा भएकाहरुको अनुहारमा पुरुषत्वको भाव देखिन्छ । यस्ता व्यक्ति आफ्ना लागि सम्मानको अपेक्षा राख्छन्, तर आफू सामुन्नेको व्यक्तिलाई आदेश मात्रै दिन्छन् ।

बैशाख २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार