फर्स्ट माइक्रोफाइनान्सको सञ्चालक शिक्षा कार्यक्रम सम्पन्न

बैशाख २५, २०७६

काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले यही वैशाख २१ गते राजधानीमा एक दिने सञ्चालक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ एवं नेपाल राष्ट्र बैंकद्वारा 'घ' वर्गका लघु वित्त वित्तीय संस्थाहरूका लागि जारी गरिएको निर्देशनमा व्यवस्था गरिए बमोजिम लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरूको काम, कर्तव्य, अधिकार र जिम्मेवारीका बारेमा अभिमुखिकरण तथा पुनर्ताजगीकरण गराउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुरेन्द्रराज रेग्मी लगायत ६ जना सञ्चालकहरू तथा व्यवस्थापन समूहका ५ जना सहित कुल ११ जनाको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक द्वारा 'घ' वर्गका इजाजतपत्र प्राप्त लघु वित्त वित्तीय संस्थाहरूका लागि जारी गरिएको निर्देशनमा व्यवस्था गरिए बमोजिम संस्थागत सुशासन, सञ्चालकहरुको आचारण तथा सञ्चालकहरूले पालना गर्नुपर्ने विषयमा प्रशिक्षण दिएका थिए । 

बैशाख २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस