शेयर बजारमा सामान्य गिरावट

बैशाख २५, २०७६

काठमाडौं- सोमवार र मंगलवार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार बुधवार भने झण्डै चार अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ बिन्दुले घटेर २७८.०७ बिन्दुमा पुगेको छ । आज १७५ कम्पनीका १९ लाख सात हजार ७८३ कित्ता शेयर ५० करोड ७९ लाख ३४ हजार ९१९ मा खरीद बिक्री भए । नेप्से परिसूचक घटेसँगै कारोवार रकम मंगलवारको तुलनामा घट्यो । 


ADVERTISEMENT

कारोबार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मात्र बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २.७, उत्पादन  ६९.२२ र अन्य उपसमूहको शेयर ३.५८ अंकले बढेको छ । त्यसैगरी बैंकिङ ५.८३, होटल ३२.९९, विकास बैंक ७.४१, जलविद्युत् १७.२, वित्त १.८१, निर्जीवन बीमा १४.५६, लघुवित्त ४.९५ र जीवन बीमा ०.१८ बिन्दुले घटेको छ । 

घटेको बजारमा आज हिमालय डिस्टिलरीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै नवील इक्विडी फन्ड ४.९६, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड ४.११, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड ३.९४ र बोटलर्स नेपाल (तराई) लिमिटेडका शेयरधनीले ३.८१ प्रशितले कमाए । 

मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेडका शेयरधनीले ९.५५, तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयरधनीले ४.८१, पाँचथर पावर कम्पनी लिमिटेडका शेयरधनीले ४.६२, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले ४.१९ र सिन्धु विकास बैंकका शेयरधनीले ३.७० प्रतिशतले गुमाएका छन् । 

बैशाख २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार