अर्चना पूरण सिंहको कन्ट्र्याक्ट सकियो, कपिलको शोमा फर्किने भए सिद्धू

बैशाख २५, २०७६

काठमाडौं – द कपिल शर्मा शोमा होस्ट रहेका नवजोत सिंह सिद्धू शोमा फर्किने भएका छन् । 

कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणका सम्बन्धमा टिप्पणी गरेकोमा कांग्रेस नेता तथा पञ्जाब सरकारका मन्त्री सिद्धूलाई शोबाट हटाइएको थियो । 


ADVERTISEMENT

सिद्धूलाई हटाएपछि उनको ठाउँमा अर्चना पूरण सिंहलाई ल्याइएको थियो । उनलाई २० एपिसोडको कन्ट्र्याक्ट दिइएको थियो । तर उनले त्यसभन्दा बढी एपिसोडको शूटिङ गरिसकेकी छन् । 

अर्चनासँग कपिल र उनको टीमको सम्बन्ध राम्रो भए पनि उनले सिद्धू जस्तो गरी दर्शकहरूलाई भने आकर्षित गर्न सकिनन् । 

अहिले सिद्धू चुनाव प्रचारमा व्यस्त छन् तर चुनाव सकिनेबित्तिकै उनलाई शोमा फर्काउने तयारी चलिरहेको छ । च्यानलले पनि सिद्धूसँगको सम्झौता तोडिसकेको छैन । कपिल पनि सिद्धूलाई शोमा फर्काउन आतुर छन् । 

सिद्धूले जम्मु कश्मीरको पुलवामा भएको आत्मघाती आक्रमणमाथि प्रतिक्रिया दिँदै पाकिस्तानलाई निन्दा गर्न अस्वीकार गरेका थिए । उनको बयानप्रति क्रुद्ध व्यक्तिहरूले उनलाई कपिलको शोबाट हटाउन माग गरेका थिए ।

एजेन्सी
 

बैशाख २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार