×

NMB BANK
NIC ASIA

खाडीमा २० वर्ष चुहाएको पसिना माटोमा : न घर आफ्नो रह्यो, न श्रीमती, न त छोराछोरी नै !

बैशाख २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल –बीस वर्षसम्म वैदेशिक रोजगारीमा आफैंले कमाएर पठाएको ५० लाख रुपैयाँ न बच्यो, न श्रीमती र छोराछोरी नै आफ्नो साथमा रहे । यो पीडा कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वीरपुरका कृष्णप्रसाद भुसालको हो ।

Sagarmatha Cement
Muktinath Bank

साउदी अरबको ४८ डिग्री गर्मीमा रगत पसिना चुहाएर परिवारलाई सुखसँग पालौंला भनी २० वर्षसम्म गरेको मेहेनत बेक्कार भयो । अब घरमै बसेर केही गनुपर्छ भनी एक वर्ष अगाडि स्वदेश फर्किएका कृष्ण अहिले बिचल्लीमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मासिक ८० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो । सबै रकम श्रीमती लक्ष्मीको नाममा पठाउने गर्थें,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

उनले पठाएको पैसाबाट वीरपुुरमा १५ वर्ष अगाडि १ तले घर बन्यो । त्यस्तै गोरुसिंगेमा ९ लाख ५० हजारमा ९ धुर घडेरी किनियो । त्यो पनि श्रीमतीकै नाममा पास गरिदिए ।

Vianet communication
Laxmi Bank

अन्य क्षेत्रमा पनि लगानी गनुपर्‍यो भन्ने श्रीमती लक्ष्मीकै आग्रहमा उनी टिप्पर किन्न राजी भए ।

पार्टनरसीपमा १० लाख खर्चिएर किनिएको टिप्पर श्रीमतीले आफूलाई फलाम नफाप्ने भनेपछि श्रीमतीकै आग्रह र सिफारिसमा छिमेकी प्रमोद पोखरेलको नाममा पास गरेको कृष्ण बताउँछन् ।

घरमै बसेर केही गर्नुपर्छ भनी स्वदेश आएका कृष्णलाई श्रीमतीले फेरि विदेश जान दबाब दिन थालिन् ।

‘म घर आएपछि त छोराछोरी पढाउने बेला भयो, तपाईं फेरि विदेश जानुस्, भारत भए पनि जानुस् भन्न थालिन्,’ कृष्णले गुनासो गरे ।

उनी विदेश जान मानेनन् । त्यसपछि श्रीमतीले आफूलाई अंशबण्डा, माना चामल र घरेलु हिंसाको मुद्दा दर्ता गरेको कृष्ण बताउँछन् । स्थिति यहाँसम्म आयो कि उनी आफ्नै घरमा प्रवेश गर्ने अवस्था रहेन ।

कृष्णले रुँदै लोकान्तरसँग भने, ‘विदेशमा कमाएको सबै पैसा एक रुपैयाँ पनि आफूसँग नराखेर पठाएँ, अहिले घरमा उल्टै मलाई भित्र समेत जान दिँदैनन् । घरमा छिरिस् भने ज्यान लिन्छु भन्छन् । छोराले पनि तलाईं मार्छु भन्छ । मलाई कस्ले दिन्छ, न्याय ?’ 

कृष्णले थपे, ‘तीन भाइको सामूहिकमा रहेको पाँच कट्ठा जग्गा पनि आफू र छोरा सुरजलाई समेत बाँडफाँड गनुपर्ने भनेकी छ । जेठा दाइ दिलिप शर्माले बनाउन लागेको घरमा समेत टोलका केटाहरूलाई प्रयोग गरी अवरोध पुुर्‍याउँदै आएकी छ ।

कृष्णले बस्न घर पनि पाएका छैनन् । विदेशबाट आएपछि सँगै नबसेको उनी बताउँछन् । आफू सँगै नबसे पनि श्रीमतीले गर्भ बोकेको थाहा पाएपछि आफूले सम्बन्धविच्छेदको मुद्दा हालेको कृष्णको दाबी छ । 

‘म घर आएपछि कसको गर्भ बोकेर बुटवलस्थित आम्दा हस्पिटलमा गएर बच्चा फालेर आई । म ऊ सँग बसेको पनि छैन । बच्चा फालेर आएपछि उल्टै मलाई रक्सी खाएर आउँदै शारीरिक सम्पर्क गरेर गर्भ रहेको आरोप लगाएकी छे,’ उनले भने । 

कृष्णले श्रीमतीविरुद्ध सम्बन्धविच्छेद र जालसाझीको मुुद्दा हालेका छन् । श्रीमती अर्कैसँग लागेर आफूलाई मार्नेसम्मको योजना बनाउने थालेकाले असुरक्षित भएको भन्दै उनले सुरक्षाका लागि प्रहरीमा निवेदन समेत दिएका छन् । 

श्रीमतीले नै कृष्णको जीवन तहसनहस बनाएको छिमेकी पनि बताउँछन् । छिमेकी सृजना भुसालले भनिन्, ‘घरमा महिला बिग्रिँदा कस्तो अवस्था हुन्छ भन्ने यो उदाहरण बन्न पुगेको छ ।’

जनप्रतिनिधिहरू समेत आफ्नो परिवार बिगार्न लागि परेको कृष्णको आरोप छ । तर वडाध्यक्ष तिलकबहादुर बस्नेत भने आफूहरूले दुई पक्षबीच सहमति गराएर मिलाउने प्रयास गरिरहेको बताउँछन् ।

‘लक्ष्मीले छोराको नाममा पनि जग्गा हुनुपर्ने बताउँदै आएकी थिइन्, हामीले सहमतिमा तीन जनाकै नाममा सामूहिक रूपमा राखिदिने निर्णय गरेको छौं,’ उनले भने ।

कृष्णका १९ वर्षिय छोरा सुरज र १२ वर्षिया छोरी सृजना छन् । उनीहरू भने बुवाले नै आमालाई दु:ख दिएको दाबी गर्छन् ।

लक्ष्मीले पनि अब आफू कृष्णसँग बस्न नसक्ने बताइन् । कृष्णले पठाएको पैसा आफूहरूले हिनामिना नगरेको उनको जिकिर छ । 

‘मलाई कृष्णले नभएको आरोप लगाए । पैसा हिनामिना गरेको बताए । अब म सँगै बस्न सक्दिनँ । आ–आफ्नो सुर गर्नुको विकल्प छैन,’ उनले भनिन् ।

कृष्णले आफूसँग झगडा मात्र गर्ने गरेको जिकिर गर्दै उनले थपिन्, ‘अनि कसरी सँगै बस्न सकिन्छ ?’

वैदेशिक रोजगारीका कारण परिवारहरू कसरी बिग्रिँदै छन्, यो घटना त्यसको एउटा उदाहरण बनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x