'ई अल्फा'को शोरुम अब बाराको कलैयामा

बैशाख २६, २०७६

बारा- महिन्द्रा टु ह्वीलर्स नेपालको लागि आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले शून्य उत्सर्जन गर्ने नयाँ विद्युतीय सवारी ई–अल्फा थ्री ह्वीलर तराई क्षेत्रका विभिन्न स्थानहरुमा प्रस्तुत गर्दै आएको छ । यसै क्रममा हालै बाराको कलैयामा आफ्नो आधिकारिक डिलर नियुक्त गरी  इ–अल्फा थ्री ह्वीलर सवारी प्रस्तुत गरेको छ ।

कम्पनीले कलैयामा आफ्नो आधिकारिक डिलरको रूपमा ओम राइराम मोटर्सलाई नियुक्त गरेको छ भने योशो रुपमको समुद्घाटन यही वैशाख २३ गते कम्पनीका आधिकारिक व्यक्ति एवं स्थानीय बुद्धिजीवी एवं जनसमुदायको उपस्थितिमा गरिएको थियो । शोरुममा स्थापनासँगैकलैया तथा बारा आसपासका सेवा ग्राहीले महिन्द्रा थ्री ह्वीलर्स सम्बन्धी सम्पूर्ण सेवा सहजै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।   


ADVERTISEMENT

इ–अल्फा मिनिले विभिन्न शहरहरूमा बसोबास गर्दै आएकाहरूलाई आबद्ध गर्दै आइरेको कम्पनीको दाबी छ । हजार वाटको वाटको मोटर तथा कन्ट्रोलर भएको यस सवारीमा ४८ भोल्ट १२० ए एच को ब्याट्री लाग्छ ।  

इ–अल्फा मिनिमा आकर्षक भित्री डिजाइन रहेको छ, रुवस्ट बडी, फुल क्यानोपि, स्टाइलिस ब्याक ड्यासबोर्ड, चुस्त सस्पेन्सन, तथा चेसिस र ठूलो बस्ने क्याविन रहेको छ । यसमा यात्रुहरुलाई सहजता एवं चालकलाई सुविधा मिल्ने छ । यसमा धेरै भारबहन क्षमता, अधिकतम सुविधा रहेको छ । अन्य प्रतिस्पर्धी सवारीहरुको तुलनामा यस चढ्न र चलाउन अझ बढी सहजता मिल्ने छ । 

सवारी शानको भरोसा महिन्द्राको भन्ने नाराका साथ बजारमा ल्याइएको यस सवारीको विशेषता भनेको शून्य उत्सर्जन रहेकोछ, यो पूर्ण रूपमा वातावरण मैत्री तथा सुरक्षित सवारीको रूपमा रहने छ । 

सबै नयाँ इ अल्फामा कम्पनीले २ वर्षको वारेन्टी, व्याट्रीमा ६ महिनाको वारन्टी तथा ६ पटकसम्मको निःशुल्क सर्भिसिङ्ग उपलब्ध गराएको छ ।

बैशाख २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस