कृष्णभक्तको ‘सरु’ रिलिज, गीतमा मायामा धोका पाएपछिको वेदना समावेश [भिडियोसहित]

बैशाख २६, २०७६

काठमाडौं। कृष्णभक्त राईको स्वरमा ‘सरु’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ । 

लिलकृष्ण पुनको शब्द, संगीत तथा सागर विरहीको एरेन्ज रहेको गीतमा मायामा धोका पाएपछिका अनेक वेदना समेटिएको छ ।


ADVERTISEMENT

गीतको अडियो तथा भिडियोलाई संगम ईन्टरटेन्मेन्टले निर्माण गरेको हो । सार्वजनिक भिडियोमा बिक्रम बुढाथोकी, शिल्पा पोखरेल र प्रकाश गौतमलाई फिचर्ड गरिएको छ । भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने क्रान्ति केसीको निर्देशन तथा सम्पादन छ । 

हेर्नुहोस् भिडियो :
 

बैशाख २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस