अफिसमा प्राकृतिक हावा नआएमा कर्मचारीको मनस्थितिमा समस्या देखिने

बैशाख २७, २०७६

काठमाडौं – तपाईंले काम गर्ने कार्यालयमा प्राकृतिक हावा आउने गरेको छैन भने चिन्ताजनक कुरा हुनसक्छ । 

हालै गरिएको एक अध्ययनको निष्कर्षअनुसार, कार्यालयमा प्राकृतिक हावा आउन नपाएमा कर्मचारीको स्वास्थ्यमा नकारात्मक असर पर्छ । अफिसमा भेन्टिलेसन नहुँदा कार्बनडाइअक्साइडको स्तर बढ्छ । यसले दिमागमा खराब असर पार्छ । 


ADVERTISEMENT

द न्युयोर्क टाइम्समा छापिएको खबरमा लेखिएको छ, मानिस धेरै अक्सिजन भएको ठाउँमा आनन्दले सास फेर्न सक्छ । हामीले शरीरबाट निकाल्ने कार्बनडाइअक्साइड शरीरका लागि हानिकारक हुन्छ । कार्यकक्षमा अक्सिजन कम हुँदा मस्तिष्क लागि आवश्यक पर्ने अक्सिजन पुग्दैन र नराम्रो असर पर्छ । 

शरीरको भित्री अंगमा अक्सिजन कम पुग्दा व्यक्तिको बौद्धिकतामा असर पर्छ । इन्भाइनमेन्टल प्रोटेक्सन एजेन्सीका अनुसार, थुनिएको कोठामा प्रदूषणको स्तर दुईदेखि पाँच गुणा बढ्छ । यसले मुटु तथा फोक्सोमा लाग्ने रोगको खतरा बढ्न सक्छ । अनि समयअगावै मृत्यु पनि आउन सक्छ । 

विद्यालय तथा कार्यालयका कोठाहरूमा खराब भेन्टिलेसनका विषयमा आठवटा अध्ययन गरिएको थियो । 

ईपीएका अनुसार, सेपिलो ठाउँ, ज्वलनशील पदार्थको उपस्थिति। रेडोन नामक निष्क्रिय ग्यास, कीटनाशक, धूलोका कण, भाइरस र ब्याक्टेरियाले वायुको गुणस्तरलाई खराब गर्छन् । हावा राम्रोसँग आउन जान पाएन भने यी कुराहरू बन्द ठाउँमा सजिलै हुर्किन्छन् । 

क्यालिफोर्निया विश्वविद्यालयका डा विलियम फिस्कका अनुसार, कोठामा कार्बनडाइअक्साइड नियन्त्रित गर्न आवश्यक र सहज छ । पहिलो काम त कोठामा मज्जाले हावा पस्न दिनुपर्छ ।

हार्वर्ड विश्वविद्यालयका डा. जोसेफ एलनले आवाको गुणस्तर राम्रो रहेको कोठामा दिमागले झनै राम्रोसँग काम गर्न सक्ने बताए ।

एजेन्सी
 

बैशाख २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस