बिहे नगर्ने सुरमा सलमान खान, सरोगेसीबाट बच्चा पाउने खबर

बैशाख २७, २०७६

काठमाडौं – सलमान खान ५३ वर्षका भइसके तर अहिलेसम्म पनि उनको विवाह हुन सकेको छैन । 

तर टाइम्स अफ इन्डियाको एक रिपोर्टमा सलमान सरोगेसीमार्फत पिता बन्न तयार रहेको उल्लेख छ । सलमान पिता बन्न लागेको खबर आएपछि उनका प्रशंसकहरू उत्साहित छन् । 


ADVERTISEMENT

तर सरोगेसीको विकल्प छानेपछि सलमानको विवाहका विषयमा चाहिँ प्रश्न उठेको छ । बच्चा पाएपछि सलमानले अब यो उमेरमा आएर शायदै बिहे गर्लान् । उनका बयानले पनि उनी बिहेमा रुचि नराख्ने देखाउँछन् । 

सलमान बालबालिकालाई खुबै मन पराउँछन् । उनी आफ्नो परिवारका बालबालिकासँग गहिरो लगाव राख्छन् । 

एउटा अन्तर्वार्तामा उनले भनेका थिए, ‘म राम्रो छोरा हुँ र राम्रो पिता बन्न सक्छु । तर राम्रो पति शायद बन्न सक्दिनँ ।’ 

सलमानले धेरै अभिनेत्रीहरूसँग प्रेम सम्बन्ध बनाए पनि कसैसँग विवाह गरेनन् । सम्बन्ध अधुरै रहेका कारण पनि उनलाई बिहेप्रति असमञ्जस रहेको हुन सक्छ ।

एजेन्सी 
 

बैशाख २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस