मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् ।
सन् १९५१ मा नयाँ सडकमा ‘हिमालय इन’ नामक होटलबाट शुरु भएको नेपाली होटल उद्योग पाँचतारेदेखि विदेशी ठूला चेन होटलसम्म स्थापना भइसकेका छन् । तत्कालीन राणा शासकले विदेश घुम्न गएका बेला मिठा खाना र कोठालाई सुविधासम्पन्न बनाउन विदेशीलाई सँगै नेपाल लिएर आउँथे । विसं २००७ को राजनीतिक परिवर्तनपछि नेपाल विदेशीका लागि पनि खुला भएपछि आधुनिक होटल निर्माण हुन थाले ।
नेपालमा तत्कालीन विश्व परिवेश सुहाउँदो होटल सन् १९५३ कान्तिपथस्थित बहादुर भवनमा खुलेको ‘रोयल होटल’ स्वदेशी तथा विदेशीमाझ चर्चित बन्यो । होटल एशोसिएसन अफ नेपाल (हान) को तथ्याङ्कअनुसार मुलुकभर १० हजारभन्दा बढी होटलमा रु १० खर्बको हाराहारीमा लगानी भएको छ । सुविधासम्पन्न तारे होटल धमाधम निर्माण भइरहेका छन् । पछिल्लो चेन होटल मेरियटसहित हाल १४ पाँचतारे होटल सञ्चानमा आइसकेका छन् ।
अन्य पर्यटकस्तरीय होटल पनि बनिरहेका छन् । हानका प्रथम उपाध्यक्ष विनायक शाहले मुलुकभर साना–ठूला होटल, गेष्ट हाउस, लज र घरबास ‘होमस्टे’ गरी १० हजारभन्दा बढी सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले अहिलेकै अवस्थामा २५ लाख पाहुनालाई बस्न, खान, मनोरञ्जन तथा सभा सम्मेलनलगायतका सेवा प्रदान गर्न सक्षम रहेको उल्लेख गर्नुभयो । यस आधारमा सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई होटल क्षेत्रले हालको अवस्थामै परिपूर्ति गर्न सक्ने देखिएको छ ।
एक अध्ययनअनुसार नेपाली होटल उद्योगमा हालको बजार मूल्यका आधारमा हिसाब गर्दा रु १० खर्बभन्दा बढीको लगानी तथा १० लाखभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएको हानले बिहीबार ६४ औँ वार्षिकोत्सवका अवसरमा जानकारी दिएको छ । विश्व व्यापार सङ्गठनका अनुसार एक विदेशी पर्यटक भित्रँदा ११ ले रोजगारी पाउने बताइन्छ ।
विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत होटल उद्योगले कूल ग्राहस्थ उत्पादनमा झण्डै तीन प्रतिशत योगदान गरेको छ । राजनीतिक स्थिरतासँगै केन्द्रमा बलियो सरकार तथा प्रदेशिक सरकारले समेत पर्यटन उद्योगलाई विकासको मूल आधारको रुपमा अगाडि बढाएको अवस्थामा होटल उद्योगमा विकास र लगानीको अभूतपूर्व प्रतिष्पर्धा बढेको छ ।
काठमाडौँ, पोखरा, चितवनकासाथै प्रमुख पर्यटकीय क्षेत्र हिमाली क्षेत्र र सात वटै प्रदेशमा नयाँ होटल खुल्ने क्रममा छन् । काठमाडौँमा मात्र आगामी पाँच वर्षमा दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका होटलले करीब पाँच हजार शैया थप्ने उपाध्यक्ष शाहको भनाई छ । नेपालका सबै प्रमुख व्यापारिक घरानाले होटल क्षेत्रमा लगानी गरी ठूला चेन होटल भित्र्याइरहेका छन् ।
होटल क्षेत्रको लगानी उत्साहजनक भएपनि सीमित पर्यटकीय पूर्वाधारले लगानीप्रति चिन्तित तुल्याएको भन्दै उहाँले २५ लाख पाहुनाको क्षमता धान्ने होटल अहिले ५५ प्रतिशतमात्र अकुपेन्सी रहेको भन्दै क्षमता बढाउन विमानस्थल, सडक यातायात, स्वच्छ सहरी वातावरणलगायत पर्यटकीय पूर्वाधार विकास हुन नसके चुनौती थपिने खतरा औँल्याउनुभयो ।
पर्यटन क्षेत्रमा अनुकूल वातावरण बनेको ठान्दै व्यवसायीले नेपालमा लगानी बढाए पनि पर्यटन आगमनको सुनिश्चितता र पर्यटकीय पूर्वाधार पर्याप्त नहुँदा लगानी डुब्ने पो हो कि भन्ने जोखिम पनि कायमै रहेको होटल व्यवसायीहरु बताउँछन् । हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यले होटलमा लगानीको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिनुभयो ।
पर्यटकीय पूर्वाधार विकास विना पर्यटन उद्योगको विकास सम्भवन नरहेको उल्लेख गर्दै उहाँले सात वटै प्रदेशमा पूर्वाधार विकासका साथै पर्यटन तथा होटल व्यवसायका लागि ठूलो लगानी आवश्यक रहेको र त्यसका लागि सरकारले जग्गा लिजमा उपलब्ध गराई बैंकबाट सरल कर्जा उपलब्धताको वातावरण मिलाउन आग्रह गर्नुभयो ।
ठूला होटललाई एक प्रतिशत कर छुटको व्यवस्था गरी लगानीको प्रोत्साहन गर्न पनि व्यवसायीले आग्रह गरेका छन् । यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जिडिपीमा पर्यटनको हालको ३ दशमलव २ प्रतिशत योगदानलाई बढाउन ‘टुरिजम स्याटेलाइट अकाउन्ट’ सुरु गर्न लागेको जानकारी दिँदै व्यवसायीले उठाएको एक प्रतिशत कर छुटको विषय आर्थिक ऐनसँग सम्बन्धित भएकाले यसलाई समयसापेक्ष बनाइने बताउनुभयो । उहाँले पर्यटकीय गतिविधि बढाउन पूर्वाधार विकासका साथै राष्ट्रिय ध्वजाबाहकको क्षमता अभिवृद्धि गरिने उल्लेख गर्नुभयो ।
हानका अनुसार सन् २०२० सम्म तारे होटलमा अरु चार हजार शय्या थपिनेछन् । अहिले सञ्चालित होटलका कुल शय्या ३८ हजार हो । सरकारले सन् २०२० भित्र नेपाल आउने पर्यटकको संख्या २० लाख पु¥याउने लक्ष्य लिएको छ । वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्यले ठूला होटलमा लगानीका अवसर र चुनौती दुबै भए पनि अहिलेकै अवस्थामा पूर्वाधारमा जोड नदिइए लगानी जोखिममा पर्न सक्ने औँल्याउनुभयो ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
अध्यागमन विमागको पछिल्लो विवरण अनुसार सन् २०१९ को दुई महिना जनवरी र फेब्रुअरीमा मात्रै २ लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । – सिवी अधिकारी/रासस
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...