'स्टुडेन्ट अफ दी ईयर २' फिल्म समीक्षा : यो बकवासमा पैसा खर्च नगर्नुस्

बैशाख २७, २०७६

शुक्रवार रिलिज भएको हिन्दी फिल्म 'स्टुडेन्ट अफ दी ईयर २' को कथा रोहन (टाइगर श्रोफ) ले स्टुडेन्ट अफ दी ईयरको ट्रफीका लागि गरेको भिडन्तको झल्कोबाट शुरू हुन्छ । 

रोहन अत्यन्तै साधारण पिशोरीलाल चमनदास कलेजबाट सम्भ्रान्तहरूले पढ्ने सेन्ट टेरिजा कलेजमा आउँछन् किनकि उनकी प्रेमिका मृदुला वा मिया (तारा सुतारिया) त्यहाँ पढ्छिन् । 


ADVERTISEMENT

प्रेमिकालाई पछ्याउँदै टेरिजामा आउँदा उनले श्रेया (अनन्या पाण्डे) लाई भेट्छन् । उनीहरू दुवैलाई नाच्न मन लाग्ने भएकाले एकअर्कासँग नजिकिन्छन् । मियाले चाहिँ रोहन गँवार भएकाले उनलाई मन पराउँदिनन् अनि रोहन श्रेयाप्रति आकर्षित हुन थाल्छन् । 

मियाले आफू गलत रहेको बिस्तारै बुझ्दै जान्छिन्, रोहनले आफू सही रहेको थाहा पाउँछन् अनि श्रेयाले केही पनि थाहा पाउँदिनन् । अनि यो सब हुँदा अन्य पात्रहरू कबड्डी खेलिरहेका हुन्छन् । हलिवूड स्टार विल स्मिथ एउटा गीतमा झ्याप्प देखापर्छन् अनि हराउँछन् । समिर सोनी गूउउउउड मर्निङ भनिबस्छन् अनि अन्य पात्रहरू वाहियात काम गरिरहन्छन् । 

फिल्मको कथा लेख्ने अर्शद शायेदले यो फिल्ममा प्रोडक्सन भ्याल्यु उच्च हुने अनि सुन्दर अभिनेताहरू देखिने र टिकटकको ट्रेन्डिङमा रहने गीतहरू हुने थाहा पाएरै होला कथामा गहिराइ ल्याउने कुनै प्रयासै गरेनन् । पटकथामा सम्झनलायक केही पनि कुरा छैन । यसले कुनै पनि सन्देश दिँदैन र त्यही केही नभनेको पनि झूर तरिकाले भन्छ । 

बलियो कन्टेन्ट नभएपछि सुन्दर अभिनेतालाई हेर्न मात्र सिनेमाघरमा जानुको औचित्य छैन । फिल्मका याक्सन दृश्यहरूको कुनै अर्थ छैन तर तिनलाई गजबले प्रस्तुत गरिएको छ । यस्ता याक्सन दृश्य टाइगरका अन्य फिल्ममा पनि भेटिन्छन् । यसअघि आएको स्टुडेन्ट अफ दी ईयर त रमाइलै थियो तर सिक्वेल बकवास छ । 

फिल्ममा हर्ष बेनिवाल छन् र उनी बलिउडको ठूलो फिल्ममा खेल्ने पहिलो युट्युबर हुन् । उनको अभिनय उम्दा छ । उनको पात्रलाई थप बलियो बनाउन सकिन्थ्यो र त्यसमा हास्य तथा मनोरञ्जन थप्न सकिन्थ्यो ।

टाइगर श्रोफ नाच्दा र याक्सन गर्दा उम्दा देखिन्छन् तर अभिनय गर्न थाल्दा चिप्लिहाल्छन् । उनले अझै पनि अभिनय सिकेका छैनन् । बागी २ मा हल्का दाह्री पालेको चरित्र उनले यहाँ पनि कायम राखेका छन् । सुगठित शरीरका कारण उनी निकै सुन्दर देखिन्छन् तर यो फिल्मको कथा उनका लागि सुहाउँदो देखिएन । 

पहिलोपटक फिल्ममा देखिएकी अनन्या पाण्डेले आफ्नो उपस्थिति जनाउन निकै कोशिश गरेकी छन् । उनी निकै सुन्दर छिन् तर उनले अझै अभिनयका एबीसीडी सिक्न बाँकी छ । आफ्ना बुवा चंकी पाण्डेबाट उनले सिके हुन्छ । 
अर्की अभिनेत्री तारा सुतारियाको पनि यो पहिलो फिल्म हो तर उनलाई खासै भूमिका दिइएको छैन । उनको पात्रलाई अल्छी पारामा लेखिएको छ र डेब्यु फिल्मका लागि उनलाई यो चरित्र सुहाएको छैन । उनी हट छिन् तर कथामा उनी कतै हराउँछिन् । 

आदित्य सील राम्रै देखिएका छन् तर उनले फिल्मको कथा अघि बढाउन कुनै भूमिका निर्वाह गरेका छैनन् । 

निर्देशक पुनित मल्होत्राले फ्लप फिल्म गोरी तेरे प्यार में बनाएको लामो समयपछि यो फिल्म बनाएका हुन् । उनी अलिकति सुध्रिएका देखिन्छन् । झ्याप्पै कट हान्ने काम उनले यसमा गरेका छैनन् र उनलाई गजबको सिनेमाटोग्राफीले सघाएको छ । उनले गतिलो स्क्रिप्ट पाएको भए हुन्थ्यो । 

फिल्मको गीत संगीत विशाल शेखरको सबभन्दा कमजोरमध्येको एक हो । फिल्ममा याद गर्न लायक एउटा पनि गीत छैन । क्लासिक गीत ये जवानी है दीवानीलाई यसमा ध्वस्त पारिएको छ, जट लुधियाने दा झूर छ र हूकअप गीतले मूड खराब गरिदिन्छ । 

धर्मा प्रोडक्सनका गुलिया प्रेमकथाहरू राम्रै हुन्छन् तर यो सिक्वेल चाहिँ अनावश्यक नै थियो । 

फिल्मलाई पाँचमा डेढ भन्दा बढी स्टार दिनु पाप हो ।

कोइमोइ डट्कममा प्रकाशित उमेश पुनवानीको समीक्षा
 

बैशाख २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस