वानेश्वरमा ‘आईप्लेक्स मल’ सञ्चालनको तयारी

बैशाख २७, २०७६

काठमाडौं – हाल काठमाडौंमा सञ्चालन भइरहेका मलहरूको तुलनामा अझ थप सुविधा तथा पूर्वाधारसहित काठमाडौंमा ‘आईप्लेक्स मल’ सञ्चालनको तयारीमा रहेको छ ।

नयाँ वानेश्वरमा ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसल, सुपर स्टोर, अत्याधुनिक  सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ  खानाहरूको ‘फुडकोर्ट’ युवा, जवानलाई मनोरन्जन प्रदान गर्ने ‘ईभेन्टजोन’, कफी बार सहितको ‘आईप्लेक्स’ नामक अत्याधुनिक मल १ महिनाभित्रै सञ्चालनमा आउन लागेको छ ।


ADVERTISEMENT

विशेषगरी काठमाडौंबासीको रहनसहनमा आउन थालेको आधुनिक परिवर्तनका कारण सहज किनमेल गर्न सकिने यस्ता व्यापारिक मल सञ्चालनको क्रम दिन प्रतिदिन बढ्दो छ । 

मनोरञ्जन, खानादेखि दैनिक आवश्यकताका सामग्री सजिलै किनमेल गर्न सकिने भएकाले जति मलहरू वृद्धि हुँदै जान्छन्, उति नै सर्वसाधारण उपभोक्ता लाभान्वित हुने गरेका मलका प्रमुख कार्यकारी अधिकृत गणेश ढुंगानाले बताए ।

‘व्यावसायिक कारोबारमा आउने अभिवृद्धिले देश विकासमा समेत उल्लेख्य योगदान पुग्नेछ,’ उनले भने ।

बैशाख २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार