प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विराटनगरका खेलाडीको विरोध, प्रतियोगितामा नातावाद हावी !

बैशाख २७, २०७६

विराटनगर- आगामी जेठ १ गतेदेखि काठमाडौँमा हुने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रिया विवादमा तानिएको छ ।

प्रदेश नम्बर एकबाट खेलाडी छनोट प्रक्रियामा नातावाद र आफन्त खेलाडी छनोट गरेको भन्दै विराटनगरका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले विरोध जनाएका छन् । पूर्व अन्तराष्ट्रिय खेलाडी राजकुमार प्रधानको नेतृत्वमा आएका खेलाडीले शुक्रवार विराटनगरमा पत्रकार सम्मेलन गरी छनोट प्रक्रिया गलत भएको भन्दै आपत्ति जनाएका हुन् ।


ADVERTISEMENT

क्षेत्रीय खेलकुद विकास समितिलाई जिम्मेवारी दिईएको कारणले छनोट खेल नै नखेलाइ आफन्त र नजिकका खेलाडीलाई छनोट गरेको भन्दै उनीहरुले चर्को विरोध गरे । प्रदेश १ का प्रशिक्षक प्रदिपराज पाण्डेले छनोट खेल नै नखेलाई आफ्नो क्लबका खेलाडीलाई बन्द प्रशिक्षकोलागि सिधै छनोट गरिएको पूर्व अन्तराष्ट्रिय खेलाडी राजकुमार प्रधानले आरोप लगाए ।

पाण्डे क्षेत्रीय खेलकुद विकास समिति प्रदेश १ विराटनगरका प्रशिक्षक हुन् । पूर्व अन्तराष्ट्रिय खेलाडी प्रधानले प्रशिक्षक पाण्डेले व्यक्तिगत रुपमा मोरङका खेलाडी बोलाएर बन्द प्रशिक्षणमा लगेको बताए ।

उनले खेलाडीको भविष्यमाथि खेलवाड गर्ने काम बन्द गर्नु पर्ने बताए । अहिलेको प्रक्रियालाई तत्काल नसच्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नातावादको आधारमा खेलाडी छनोट गर्दा नयाँ प्रतिभा भएका खेलाडीहरुलाई असर पर्ने राष्ट्रिय खेलाडी काली चरण यादवले गुनासो गरे ।

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जेष्ठ १ देखि २४ गतेसम्म हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीतालागि मोरङमा छनोट प्रतियोगीता नगराई सिधै खेलाडी छान्ने काम भएको उनीहरुको आरोप छ ।

बैशाख २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस