यी कुराहरूले हाम्रो मस्तिष्कलाई बिगारिरहेका छन्

बैशाख २७, २०७६

हाम्रो दैनिक जीवनमा धेरै यस्ता वस्तुसँग सामना गर्नु परिरहेको छ जसले स्वास्थ्यमा प्रतिकूल असर पारिरहेका छन् । नजानिकनै हामी ती वस्तुहरूबाट प्रभावित भइरहेका छौं । आउनुस् जानौं, कुन कुन कुराले हाम्रो मस्तिष्क बिगारिरहेका छन् त ?


कीटनाशक
खाद्यान्नमा कीरा नलागून् भनेर कीटनाशक छर्ने गरिन्छ तर यसको प्रयोग भएको फसल दिमागका लागि हानिकारक हुन्छ । यसबाट पार्किन्सन्स जस्तो खतरनाक रोग लाग्छ । गर्भवती महिलाका लागि त कीटनाशक प्रयोग भएको फल र तरकारी धेरै नै खतरनाक हुन्छ किनकि यसले गर्भमा रहेको बालकको दिमाग नै बिगारिदिन्छ । त्यसैले फल र तरकारी राम्ररी धोएर मात्र खानुपर्छ ।


ADVERTISEMENT

पीबीडीई
यो एक किसिमको रसायन हो । धेरैलाई थाहा छैन तर फर्निचर र कपडा लगायतका घरेलु सामानहरूमा यसको प्रयोग हुन्छ । यो रसायन हावामा मिसिएर हाम्रो शरीरमा प्रवेश गर्छ र स्नायु तथा दिमागमा खराब असर पु–याउँछ ।

धूँवा
गाडीबाट निस्कने धूँवा, दाउरा वा कोइलाबाट निस्कने धूँवा, चुरोटको धूँवाहरूमा पीएएच अर्थात् पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन हुन्छ जसले शरीरमा छिरेपछि खराब असर पार्छ । एक अनुसन्धान अनुसार यसको मात्रा शरीरमा बढ्यो भने बच्चाको आइक्यु स्तर सामान्यभन्दा पनि कम हुन्छ र ऊ डिप्रेसनको शिकार हुन्छ ।

शीशा
पेन्ट, पानीको पाइप, केबुल, बच्चाहरूको खेलौनामा शीशा हुन्छ र यो शरीरका लागि धेरै हानिकारक हुन्छ । खासगरी गर्भवती महिलाहरूका लागि यो अत्यन्तै खतरनाक हुन्छ किनकि यो हड्डीमा जम्छ र जन्मन लागेको बच्चाको दिमागमा खराब असर गर्छ । बच्चाको दिमाग सही तरिकाले बढ्न पाउँदैन ।

पारो
घरमा दिनदिनै काममा आउने बल्ब, ब्याट्री, थर्मामिटर जस्ता वस्तुमा पारो भेटिन्छ र यो शरीरका लागि एकदमै हानिकारक हुन्छ । पारो रक्तकोशिकामा जम्मा भएर दिमागमा रगत पुग्नबाट रोक्छ । शरीरमा पारो धेर भयो भने पक्षाघात हुन्छ र दिमागको रोग पनि लाग्छ । 

पीसीबी
विद्युतीय उपकरणमा प्रयोग हुने पीसीबी अर्थात् पोली क्लोरिनेटेड बायफिनायल शरीरका लागि हानिकारक हुन्छ । यसले दिमागको तन्तुमा खराब असर पारेर पागल समेत बनाइदिन सक्छ । कतिपय परिस्थितिमा यसले क्यान्सर पनि गराइदिन्छ ।

आफ्नो सुस्वास्थ्य र दिमागको तन्दुरुस्तीका लागि माथि बताइएका कुराबाट टाढा बस्नुपर्छ अनि सधैं आफ्नो दिमाग तेज बनाउने अभ्यास अपनाउनुपर्छ ।

एजेन्सीको सहयोगमा

बैशाख २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस