×

NMB BANK
NIC ASIA

सुनिल रावलको निर्देशनमा ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने

बैशाख २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - अहिलेका चर्चित अभिनेता अनमोल केसीले चलचित्र ‘होस्टेल’बाट डेब्यू गरे । त्यस्तै अभिनेता सुशिल श्रेष्ठ र नाजिर हुसेनले ‘होस्टेल रिटन्र्स’बाट डेब्यू गरे । यी चलचित्रको सफलतापछि अब ‘होस्टेल’को तेस्रो सिरिज ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ ।

Muktinath Bank

चलचित्रलाई दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले निर्माण गर्ने भएको  हो । चलचित्रको छायाँकन अमेरिकामै गरिने यसका निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो चलचित्रलाई सुनिल रावलले निर्देशन गर्नेछन् । उनि पछिल्लो समय अमेरिकामै छन् । सुनिलका अनुसार हरेक देशबाट अमेरिका अध्ययनका लागि गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बुनेर ‘होस्टेल ब्याक अगेन’ निर्माण गरिँदै छ ।  


Advertisment
Nabil box
Kumari

आफुले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्ने पनि सुनिलले बताएका छन् । चलचित्रमा कथा स्वयम रावलको हो । यसको पटकथा, संवाद रायन राइजको रहनेछ । हाल स्क्रिप्टको काम भइरहेको पनि सुनिलले जानकारी गराएका छन् ।

Vianet communication
Laxmi Bank

आगामी अगष्टबाट छायाँकन सुरु हुने यो चलचित्रको कलाकार चयन चाँडै सुरु गर्ने पनि सुनिलको कथन छ । अर्का निर्माता गोविन्द शाहीका अनुसार केही कलाकार नेपालबाट अमेरिका छायाँकनका लागि जानेछन् । तर बाँकी कलाकार अडिसनबाट अमेरिकामै चयन गरिने छ । होस्टलका विद्यार्थीका रुपमा अमेरिकामा नै अध्ययनका शिलशिलामा रहेका नेपाली विद्यार्थीहरु हुनेछन् । 

रावलको निर्माणमा ६ वर्ष अगाडि ‘होस्टल’ निर्माण भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x