पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
काठमाडौं – इन्डियन प्रिमियर लीग (आईपीएल) को फाइनल खेल आइतवार राति हैदराबादको राजीव गान्धी स्टेडियममा हुन लागेको छ ।
१२ औं सीजनको फाइनलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सका बीच प्रतिस्पर्धा हुनेछ ।
चेन्नई आठौंपटक फाइनलमा पुगेको हो भने मुम्बई चौथोपटक । यसक्रममा दुवैले तीन तीनपटक उपाधि जितेका छन् । चौथोपटक उपाधि जित्ने दाउमा दुवै टोली हुनेछन् ।
यसपालि दुवै टीमको प्रदर्शन हेर्दा फाइनल यसैले जित्छ भनी भविष्यवाणी गर्नु गलत हुन जानेछ । यस सीजनमा दुवै टीमको एकआपसमा भएको भिडन्तमा मुम्बईले जितेको छ । मुम्बईले चेन्नईलाई तीनचोटि हराइसकेको छ ।
टी२० क्रिकेटमा अलराउन्डरको भूमिका महत्त्वपूर्ण हुन्छ । यसरी हेर्दा चाहिँ मुम्बईको स्थिति बलियो देखिन्छ । पाण्ड्या दाजुभाइसँगै काइरोज पोलार्डले अलराउन्ड प्रदर्शन गरेर म्याचलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्छन् ।
हार्दिक पाण्ड्याले ३८६ रन बनाएका छन् भने १४ विकेट लिएका छन् भने क्रुणाल पाण्ड्याले १७६ रन बनाएर ११ विकेट हात पारेका छन् । उनीहरूको अलराउन्ड प्रदर्शनले विपक्षी टीमहरूलाई अप्ठ्यारो परेको छ ।
उता चेन्नईका लागि रविन्द्र जडेजाले १०१ रन बनाउनुका साथै १५ विकेट लिएका छन् । ड्वेन ब्राभोले ६५ रन बनाएर ११ विकेट लिएका छन् ।
मुम्बईको शक्ति तीव्र गतिको बलिङमा छ भने चेन्नईसँग इमरान ताहिर (१६ म्याच, २४ विकेट), हरभजन सिंह (१० म्याच, १६ विकेट) र रविन्द्र जडेजा (१५ म्याच, १५ विकेट) छन् । यी तीन बलरले विकेट लिनुका साथै किफायती बलिङ गरेका छन् ।
चेन्नईका ब्याट्स्म्यानका लागि जसप्रीत बुमरा (१५ म्याच, १७ विकेट) र लसिथ मालिंगा (११ म्याच, १५ विकेट) को योर्कर झेल्न गाह्रो हुनेछ । स्पिनमा चाहिँ मुम्बईले युवा स्पिनर राहुल चाहर (१२ म्याच, १२ विकेट) माथि आशा गरिरहेको छ ।
दुवै टीमको ओपनरहरूको तुलना गर्दा मुम्बई बलियो देखिन्छ । ओपनरहरू क्विन्टन डिकक (१५ म्याच, ५०० रन) र रोहित शर्मा (१४ म्याच, ३९० रन) ले ठीकै शुरूआत दिएका छन् । कप्तान रोहित शर्माको विस्फोटक ब्याटिङ यसपालि देखिएको छैन ।
उता चेन्नईसँग शेन वाट्सन (१६ म्याच, ३१८ रन) र फाफ डुप्लेसी (११ म्याच, ३७० रन) का रूपमा गजबको ओपनिङ जोडी छ । वाटसनले फाइनलमा निकै राम्रो प्रदर्शन गर्ने गरेका छन् । दिल्लीविरुद्धको सेकेन्ड क्वालिफायरमा उनले अर्धशतकीय पारी खेलेर मुम्बईलाई सतर्क हुन चेतावनी दिइसकेका छन् ।
चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले आफूलाई सर्वश्रेष्ठ फिनिशर साबित गरिसकेका छन् । उनी राम्रो फर्ममा छन् र टीमका तर्फबाट १४ म्याचमा सबभन्दा बढी ४१४ रन बनाएका छन् । अनेकौं अवसरमा टीमलाई उनले उद्धार गरेका छन् । उनी क्रीजमा हुन्जेल विपक्षी टीमले सहज अनुभव गर्न सक्दैन । चेन्नईलाई आफ्नो कप्तानीमा चौथो उपाधि दिलाउन उनी लालायित देखिन्छन् ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...