×

NMB BANK
NIC ASIA

महानगरीय प्रहरी परिसर काठमाडौंका नयाँ प्रमुखको प्राथमिकता– भनसुनविनै काम, टोलेगुण्डा नियन्त्रण !

बैशाख २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा एसएसपी उत्तमराज सुवेदी आएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी समेत पूरा गरिसेकका सुवेदीले यसअघि धनुषा, सर्लाही, स्याङ्जा, पाल्पा, दोलखा लगायतका जिल्लामा प्रहरी प्रमुख भएर काम समेत गरिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानी समेत भएकाले काठमाडौंको प्रहरी प्रमुखको भूमिकामा धेरैको चासो रहने गर्छ ।


Advertisment
Nabil box
Kumari

नयाँ प्रमुख आएपछि शान्ति सुरक्षाको अवस्था के हुन्छ, उसले कस्तो रणनीति अख्तियार गर्छ भन्ने विषयमा सर्वसाधारणले चासो राख्ने गरेका छन् ।

Vianet communication
Laxmi Bank

एसएसपी सुवेदीसँग लोकान्तरले उनको प्राथमिकता र भावी योजनाका बारेमा कुराकानी गरेको छ । थप कुरा उनकै शब्दमा:

सेवाग्राहीमैत्री वातावरण

काठमाडौंका प्रहरी कार्यलयहरूमा सेवाग्राहीलाई सेवा दिनका लागि भौतिक पूर्वाधारको अभाव छ, जसले गर्दा सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो भएको गुनासो बेलाबेलामा आइनैरहन्छ ।

उपत्यकाका धेरैजसो प्रहरी कार्यलयमा भौतिक पूवार्धारको अभाव छ । व्यवहारिक पक्षको पनि उत्तिकै अभाव छ । 

गुनासो समाधानका लागि सेवाग्राहीमैत्री वातावरण बनाउनका लागि भूमिका खेल्ने कुरालाई मैले पहिलो प्राथमिकतामा राखेको छु । 

प्रहरीले गुनासो सुनेन, भनसुन गर्नुपर्‍यो भन्ने अवस्थाको न्यूनिकरण गर्ने प्रयास मेरो रहने छ ।

प्रहरी कार्यलयमा हुने कामहरू कानुन बमोजिमका कारवाहीहरू तत्काल गर्ने र प्रहरी कार्यलयले गर्न नसक्ने काम तुरुन्त सम्बन्धित निकायमा पठाउने छ । 

भौतिक पूवाधार नभएको ठाउँमा व्यावहारले राम्रो बनाउने र  नभएको ठाउँमा भौतिक पूवार्धार र व्यवहार दुवै राम्रो बनाउने प्रयास रहने छ ।

अपराध नियन्त्रण

काठमाडौं देशकै मुटु भएकाले यहाँ धेरैजसो अपराध हुन्छन् । विषेश गरेर तराई क्षेत्रमा अपराधको ठूलो समस्या छ । यसले काठमाडौंमा प्रत्यक्ष असर पार्छ ।

अहिले यस्ता गतिविधिमा कमी त आएको छ, तर टोलटोलमा गुण्डागर्दी कायम छ । होटल÷रेस्टुराँ, पसल, स्थानीय व्यापारीहरूलाई धम्क्याएर पैसा असुल्ने खालका काम अहिले पनि चलिरहेको छ ।

यसलाई नियन्त्रण नगर्ने हो भने पछि संगठित अपराधमा लाग्ने हुनाले यसलाई नियन्त्रण गर्न विषेश अभियान शुरू भएको छ ।

पारिवारिक हिंसा र परिवारभित्रैबाट हुने अपराधका घटना न्यूनिकरण

पेशेवार अपराधीले घटाउने अपराधको संख्यामा भने धेरै कमी आएको छ । तर आफन्तहरूबाट घट्ने घटना घटिरहेकै छन् । समग्रको २० प्रतिशत घटना त श्रीमानले श्रीमती तथा श्रीमतीले श्रीमानको हत्या गरेकै छन् ।

६४ प्रतिशत बलत्कारका घटनाहरू १६ वर्षभन्दा कमका बालिकाहरू आफन्तहरू, नातागोता, छिमेकी, सहकर्मी आदिबाट नै पीडित भएका छन् ।

ड्रग्स, सामाजिक सञ्जालमा उच्छृङ्खलता लागायतका विकृतीहरू पनि व्याप्त छन् । यी सबै सामाजिक चेतनाको अभावकले गर्दा हुने गर्छ ।

यस्ता घटनाहरू न्यूनीकरण गर्न समुदायसँग सहकार्य गरेर सामुदायिक जनचेताको कार्यक्रम अघि बढाउने कुरामा पनि मेरो जोड रहन्छ । परिवारहरूमा अहिले सद्भावको अभाव छ । 

श्रीमान अफिसबाट आउँछ, टीभी हेर्छ । श्रीमती माइतीमा भिडियो च्याटमा व्यस्त हुन्छिन् । छोरा पब्जीमा व्यस्त हुन्छ । छोरी साथीभाइहरूसँग च्याटमा व्यस्त हुन्छिन्, यसले गर्दा परिवारमा कलह निम्त्याउँछ, जसले छोराछोरीले के गर्छ बाबुआमालाई थाहा नहुने र बाबुआमाले के गर्दै छन् छोराछोरीलाई थाहा नुहने हुँदा छोराछोरी गलत बाटोमा लाग्ने गरेको पाइन्छ ।

आत्महत्याका घटना पनि बढेका छन् । यसलाई नियन्त्रण गर्न समुदायमा अधारित प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना र कानून कार्यान्वयनको पाटो सँगसँगै सशक्त बनाएर लैजान्छौं ।

सार्वजनिक यातायामा हुने दुर्व्यवहार न्यूनीकरण

सार्वजनिक यातायातमा हुने दुव्र्यबहार जस्तै महिलामाथि हुने दुव्र्यवहार, वृद्धवृद्धा माथि हुने दुर्व्यवहारजस्ता दुव्र्यवहारहरूलाई नियन्त्रण गर्न प्रहरीले विषेश अभियान शुरू गरिसकेको छ । 

यस अघिका प्रहरी अधिकृतहरूले गरेका कामलाई निरन्तरता दिँदै काठमाडौंको सुरक्षा व्यवस्था साँच्चै राम्रो छ भन्ने प्रत्याभूति दिलाउने छौं ।

उपत्यकामा रात्रिकालीन डान्स बार तथा होटलहरूमा पनि अपराधका घटना हुने गरेका छन् । नयाँ बसपार्क, रत्नपार्क, कलकंकी, कालिमाटी, कोटेश्वर लागायतका क्षेत्रमा मानिसहरूको जमघट हुने गर्दछ, यस्ता क्षेत्रमा बेश्यावृत्ति,

चोरी लगायतका अपराधका घटनाहरू हुने गरेको छ । यसलाई नियन्त्रण गर्न पनि प्रहरीले भूमिका खेलिरहेकै छ, यसले समाजिक सद्भाव र सुरक्षा कायम हुने विश्वास लिएका छौं ।

नेपाल सरकारले मनाउने भनेको काठमाडौं पर्यटन वर्ष २०७६ लाई ध्यानमा राखी काठमाडौं महानरपालिका लागयत सबै नगरपालिकाहरूको सहकार्यमा प्रहरीले काम गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x