×

NMB BANK
NIC ASIA

दाउमा प्रेमियर लीग उपाधि : म्यानचेस्टर सिटी र लिभरपूलबीच कडा भिडन्त

बैशाख २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – यस सीजनको इंग्लिश प्रेमियर लीगको उपाधि जित्नका लागि म्यानचेस्टर सिटी र लिभरपूलले अन्तिम खेलमा कुनै पनि हालतमा जित्नुपर्ने स्थिति छ ।

Muktinath Bank

आइतवार सिटीको प्रतिस्पर्धा ब्राइटन यान्ड होभ आल्बियोनसँग छ भने लिभरपूल वुल्भ्ससँग भिड्दैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजको खेलमा बराबरी वा हार दुवैले सिटीलाई उपाधिबाट वञ्चित गर्नेछ । लिभरपूलका लागि चाहिँ जीत मात्र पर्याप्त हुने छैन, उसले सिटी चिप्लिने अपेक्षा पनि गर्नुपरेको छ । 


Advertisment
Nabil box
Kumari

सिटी ९५ अंकका साथ पहिलो स्थानमा छ भने लिभरपूल उसभन्दा जम्मा एक कम अंक ९४ ल्याएर दोस्रो स्थानमा छ । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले लिभरपूललाई उपाधि दिलाउनका लागि फितलो खेल देखाउने अपेक्षा कसैले पनि गरेको छैन । 

Vianet communication
Laxmi Bank

सिटीले प्रेमियर लीगमा यसअघिका लगातार १३ खेलमा जीत हासिल गरेको छ र आज १४औं खेल पनि जित्ने अपेक्षा गरिरहेको छ । लिभरपूलले पनि लगातार आठ खेल जितेको छ र वुल्भ्सलाई जितेर त्यसलाई नौ जीत बनाउने दाउमा छ । त्यसो भयो भने सिटीले ९८ अंकका साथ उपाधि जित्छ भने लिभरपूलले ९७ अंक ल्याएर दोस्रो स्थान हासिल गर्नेछ । 

यो अंक भनेको प्रेमियर लीगको इतिहासमा दोस्रो तथा तेस्रो सबभन्दा धेरै अंक हो । १०० अंकका रूपमा यसभन्दा बढी अंक अघिल्लो सीजनमा सिटीले नै ल्याएको थियो र ग्वार्डिओलालाई पहिलोपटक प्रेमियर लीग उपाधि दिलाएको थियो । 

ट्रफी बाँड्ने स्थिति आउँथ्यो भने त्यसका लागि यही सीजन नै उपयुक्त हुन्थ्यो किनकि सिटी र लिभरपूल दुवै उत्तिकै उम्दा छन् । तर वास्तविकता भन्नुपर्दा यति कडा प्रतिस्पर्धापछि दोस्रो हुनु भनेको तीतो औषधि निल्नु जत्तिकै हो । 

‘हामीले अहिलेसम्म के ग–यौं भन्ने विषयका आधारमा म आफ्नो धारणा परिवर्तन गर्दिनँ तर हाम्रो मूल्यांकन भइरहेको छ भन्ने मलाई थाहा छ । हामीले जसरी भए पनि जित्नैपर्छ,’ ग्वार्डिओलाले ब्राइटन भ्रमणमा जाने तयारीका क्रममा भने । ब्राइटनले सिटीलाई अप्ठ्यारो पार्ने सम्भावना छ । 

युर्गेन क्लोपको प्रशिक्षणमा रहेको लिभरपूल अघिल्लो वर्ष सिटीभन्दा २५ अंकले पछाडि थियो तर अहिले टीमले त्यो खाडल पुरिसकेको छ र यदाकदा सिटीलाई पनि पछि पारेको छ । सिटीले यस सीजनमा चार खेल हार्दा लिभरपूलले जम्मा एउटा खेल हारेको छ । जनवरी महिनामा लिभरपूल सिटीभन्दा सात अंक अगाडि थियो तर त्यसपछि भने ग्वार्डिओलाले आक्रामक रणनीति अपनाएर टीमलाई अघि बढाए अनि टीमको धुरी पनि निकै बलियो छ । 

सिटी बलियो टीम हो भन्ने कुराको उदाहरण सोमवारको खेल नै हो । उक्त खेलमा लेस्टर सिटीले एतिहाद स्टेडियममा सिटीलाई अल्झाइराखेको बेलामा कप्तान भिन्सेन्ट कोम्पनीले ३० मिटर टाढाबाट हानेको किक गोलमा परिणत भएर उपाधि छिनोफानो अन्तिम दिनमा टुंगिने अवस्थामा लगे । 

चार खेलमध्ये उनीहरूले तीनवटामा १–० को जीत हासिल पारे । लिभरपूलको बलियो डिफेन्सका बारेमा जति कुरा भए पनि सिटीले पछिल्ला १३ खेलमा जम्मा तीनवटा गोल मात्र खाएको छ र दश वर्षपछि लीग प्रतिरक्षा गर्ने पहिलो क्लब बन्न लागेको छ । यसअघि म्यानचेस्टर युनाइटेडले त्यो उपलब्धि हासिल गरेको थियो ।

लिभरपूलका कप्तान जोर्डन हेन्डरसनले पहिलोपटक प्रेमियर लीग जित्नका लागि अन्तिम दिन आफ्नो टोलीले कुनै चमत्कारकै अपेक्षा गरिरहेको बताएका छन् । 

तर बार्सिलोनाले गरेको तीन गोलको जवाफमा चार गोल फर्काएर च्याम्पियन्स लीगको फाइनलमा पुगेको लिभरपूलले प्रेमियर लीग उपाधि जित्न सक्दैन भनी दाबी गर्नु मूर्खता हुनेछ । उसमा उपाधिको तिर्खा विगत २९ वर्षदेखि छ । 

‘सिटी निकै राम्रो टीम हो र हामी पनि कम छैनौं । हामीहरूले अन्तिमसम्म कडा प्रतिस्पर्धा गरेका छौं,’ हेन्डरसनले भने । ‘जसले उपाधि जिते पनि हकदार नै ठहरिने हो । हाम्रो दृष्टिकोणबाट हेर्दा हामीले यसभन्दा राम्रो खेल देखाउने ठाउँ थिएन ।’

प्रेमियर लीग युग शुरू भएदेखि उपाधिको छिनोफानो अन्तिम दिनमा हुन लागेको यो आठौं अवसर हो ।

रोयटर्सबाट 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x