स्टुडेन्ट अफ दी ईयर २ ले दुई दिनमा कमायो २६.०८ भारु

बैशाख २९, २०७६

काठमाडौं – शुक्रवार रिलिज भएको फिल्म स्टुडेन्ट अफ दी ईयर २ ले शनिवार १४.०२ करोड भारु कमाएर दुई दिनमा कुल २६.०८ करोड भारु कमाएको छ । शुक्रवार फिल्मले १२.०६ करोड भारु कमाएको थियो । 

पुनित मल्होत्राले निर्देशन गरेको यस फिल्ममा टाइगर श्रोफ, तारा सुतारिया र अनन्या पाण्डे प्रमुख भूमिकामा छन् । तारा र अनन्याले यसै फिल्मबाट बलिउडमा डेब्यु गरेका हुन् । 


ADVERTISEMENT

यत्तिको कमाइ राम्रै मान्नुपर्छ किनकि हलिउडको ब्लकबस्टर फिल्म एभेन्जर्स एन्डगेमसँग यसको प्रतिस्पर्धा छ र त्यसले भारतीय बक्स अफिसमा ३०० करोड भारु कमाइसकेको छ । 

तर समीक्षकहरूले यो फिल्म मन पराएका छैनन् । त्यसैले फिल्मको प्रारम्भिक कमाइ राम्रो भए पनि फिल्मले कमाइको गति कायम राख्ने विषयमा शंका गर्ने ठाउँ छ ।

एजेन्सी

बैशाख २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस