×

NMB BANK
NIC ASIA

नेकपा पोलिटब्यूरो जेठ ३ मा घोषणा गर्ने तयारी, यी हुन् सम्भावित नाम

बैशाख २९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – पार्टी एकीकरणको एक वर्ष पूरा भएकै दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटव्यूरो गठन र जनवर्गीय संगठनहरूको एकता गर्ने तयारी गरेको छ ।

Muktinath Bank

गत साल जेठ ३ गते स्वर्गीय नेता मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर दुई ठूला कम्युनिस्ट पार्टी (तत्कालीन एमाले र माओवादी केन्द्र) एक भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिबेला एकताका बाँकी काम तीन महिनाभित्र पूरा गर्ने भनिएको थियो । तर त्यो तीन महिना एक वर्षसम्म लम्बियो । अझै पनि एकता प्रक्रियाका मुख्य कामहरू बाँकी नै छन् ।


Advertisment
Nabil box
Kumari

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको दिन पारेर घोषणा भएको जिल्ला नेतृत्वको विषयमा पार्टीभित्र अहिलेसम्म पनि विवाद कायमै छ । प्रदेश नेतृत्वको विवाद पनि सल्टिसकेको छैन ।

Vianet communication
Laxmi Bank

नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो भियतनाम र कम्बोडिया भ्रमणमा छन् । ओली फर्किएलगत्तै सचिवालय बैठकले पोलिटब्यूरो सदस्यको नाम अनुमोदन गर्ने नेकपाका नेताहरू बताउँछन् ।

'जेठ ३ गते पोलिटब्यूरो घोषणा हुन सक्छ,' पूर्वमन्त्री समेत रहेका नेकपाका नेता खगराज अधिकारीले लोकान्तरसँग भने, 'एकता प्रक्रियामा बाँकी रहेका काम पूरा गर्ने मामिलामा मैले दुवै अध्यक्षलाई सिरियस पाएको छु । सम्भवतः जेठ ३ भन्दा अगाडि यो प्रक्रियालाई नलैजाने विषयमा उहाँहरूबीच सहमति भएको छ ।'

पोलिटब्यूरोसँगै केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन र जनवर्गीय संगठनको एकीकरणका विषयमा प्रधानमन्त्री ओली कम्बोडियाबाट फर्केलगत्तै बस्ने सचिवालय बैठकले टुंगो लगाउने नेकपा स्रोतले जानकारी दियो ।

वैशाख ९ गते जिल्ला कमिटी घोषणालगत्तै बस्ने सचिवालयले पोलिटब्यूरोको टुंगो लगाउने भनिएको थियो तर विवादकाबीच सहमति कायम हुन नसक्दा सदस्यहरूको टुंगो नलागेको हो । पोलिटब्यूरो लगायत अहिले पनि एकीकृत पार्टी नेकपाका भातृ संगठनहरू युवा, विद्यार्थी, पत्रकार, शिक्षक लगायत धेरै जनवर्गीय संगठनको दोहोरो अस्तित्व कायमै छ ।

पार्टीका स्थायी कमिटी सदस्य मणि थापा भने जनवर्गीय संगठन एकीकरणको प्रक्रिया केन्द्रीय कमिटी सदस्यको कार्यविभाजनपछि मात्र हुन सक्ने बताउँछन् । लोकान्तरसँग कुरा गर्दै थापाले भने- ‘पोलिटब्यूरो गठनपछि केन्द्रीय नेताहरूको कार्यविभाजन हुन्छ र त्यसपछि मात्र जनवर्गीय संगठनमा प्रवेश हुने तयारी भइरहेको छ । पोलिटब्यूरोका बारेमा सामान्य छलफल भएको छ, निष्कर्षमा पुगेको छैन ।’

को-को बन्दैछन् पोलिटब्यूरोसदस्य?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधानको धारा १८ को ‘घ’मा पोलिटब्यूरो गठनसम्बन्धी प्रावधान छ । प्रावधानअनुसार स्थायी कमिटीसहित कूल केन्द्रीय कमिटीको कूल सदस्य संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्यूरो गर्न सकिनेछ । ४ सय ४१ केन्द्रीय कमिटीमध्ये पोलिटब्यूरोमा पूर्व एमालेबाट ८२ र पूर्व माओवादीबाट ६५ सदस्य राख्ने सहमति भइसकेको स्रोत बताउँछ ।

विधानले व्याख्या गरेअनुसार स्थायी कमिटीका ४५ सदस्य स्वतः पोलिटब्यूरोमा पर्नेछन् । स्थायी कमिटीमा तत्कालीन एमालेतर्फबाट २६ र तत्कालीन माओवादीका तर्फबाट १९ जना रहेका छन् । यसअघि तत्कालीन एमालेमा पूर्ण र वैकल्पिक गरी ६६ सदस्यीय पोलिटब्यूरो थियो । त्यसमध्ये ५९ जना अहिले स्वतः पोलिटब्यूरो सदस्य हुनेछन् भने बाँकी २९ जनालाई वरिष्ठताका आधारमा लैजाने सहमति भएको छ ।

पूर्व माओवादीमा भने तत्कालीन रूपमा पार्टी सचिवालयमा रहेका ९९ जना सदस्यमध्येबाट पोलिटब्यूरोका लागि छनोट गर्नुपर्ने हुन्छ । आकांक्षी धेरै भएकाले पोलिटब्यूरोका लागि अब चाहिने थप ४६ जनाको नामावलीमा धेरैले असन्तुष्टि जनाउने सम्भावना रहेको छ । 

पूर्व एमालेबाट कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, धर्मनाथप्रसाद साह, गुरु बराल, भानुभक्त जोशी, शेरबहादुर तामाङ, जीवनराम श्रेष्ठ, ममता गिरी, सुशीला नेपाल, गरिमा शाह, गोमा देवकोटा, केशवलाल श्रेष्ठ, चन्द्रबहादुर शाही, वैजनाथ चौधरी, ठाकुर गैरे, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, राजेन्द्र राई, डा. विजय सुब्बा, चुडामणि जंगली विश्वकर्मा, रामचन्द्र यादव लगायतको नाम पोलिटब्यूरोमा प्रस्ताव गरिएको स्रोतले बताएको छ ।

सचिवालय र स्थायी कमिटीमा रहेकाहरू स्वतः पोलिटब्यूरो हुने भएकाले बाँकी सदस्यमा नारायण शर्मा पौडेल, हितमान शाक्य, कुलप्रसाद केसी, जयपुरी घर्ती, तिलक परियार, लिलामणि पोखरेल, दीनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, श्रीराम ढकाल, प्रभु साह, टंक राई, रामचन्द्र झा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी, परशुराम तामाङ, पाशाङ शेर्पा लगायतको नाम पोलिटब्यूरोमा प्रस्ताव गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x