×

NMB BANK
NIC ASIA

राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी निरौलालाई

बैशाख २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल राष्ट्र बैंकमा रिक्त रहेको प्रवक्ताको जिम्मेवारी लक्ष्मी प्रपन्न निरौलालाई दिइएको छ । करिब तीन दशक लामो बैंकिङ अनुभव समेटेका निरौलालाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

Sagarmatha Cement
Muktinath Bank

उनले २०४६ सालमा अधिकृत तीतृय श्रेणी सहायक निर्देशकबाट नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थशास्त्र र जनप्रशासन विषयमा स्नातकोत्तर गरेका निरौलाले यसअघि राष्ट्र बैंकका महत्वपूर्ण विभागहरुको जिम्मेवारी सम्हालिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

यसअघि उनले राष्ट्र बैंकमा बैंक सुपरिवेक्षण विभाग, विकास बैंक सुपरिवेक्षण विभाग, सामान्य सेवा विभाग र मुद्रा व्यवस्थापन विभाग सहितका चार वटा विभाग प्रमुखको हैसियतले जिम्मेवारी निभाइसकेका छन् ।

Vianet communication
Laxmi Bank

राष्ट्र बैंकबाहेक उनले नेपाल बैंक लिमिटेडको व्यवस्थापन समूहमा काम गरेको अनुभव समेत लिइसकेका छन् ।
त्यस्तै नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएका बैंकहरु बैंक अफ काठमाडौं र एनसिसि बैंकको  व्यवस्थापन समितिको संयोजक भएर भुमिका निभाएको अनुभव समेत निरौलासँग छ ।

प्रवक्तामा नियुक्त भएसँगै उनले बैंकिङ तथा अर्थव्यवस्थासँग सम्बन्धित  नीति तथा निर्णयहरुका विषयमा सर्वसाधारणको जानकारी लागि सञ्चार जगतसँगै बसेर जिम्मेवारी निभाउने बताए ।

‘बैंकिङ र अर्थव्यवस्थासँग सम्बन्धित र राष्ट्र बैंकका क्षेत्राधिकार भित्र पर्ने निर्णयहरु र नीतिहरुका विषयमा सर्वसाधारणको जानकारीका लागि मिडियासँगै बसेर काम गर्ने गरी जिम्मेवारी निभाउने छु,’ उनले भने ।

यसअघि राष्ट्र बैंकको प्रवक्तामा नारायणप्रसाद पौडेल थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x