म्यानचेष्टर सिटी बन्यो प्रिमियर लिग च्याम्पियन

बैशाख २९, २०७६

काठमाडौं– यो सिजनको इङ्ग्लीस प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले जितेको छ।  ब्राइटनलाई ४–१ अन्तरले पराजित गर्दै सिटीले उपाधिमाथि कब्जा जमाएको हो । 

च्याम्पियन बन्न सिटीका लागि सर्जियो अगुएरो, एन्टोनी लापोर्टे, रियाद महारेज र इकाए गुन्डागोनले एक–एक गोल गर्दा ब्राइटनका गेलेनले एक गोल गरे । 
यस्तै लिभरपुलले अन्तिम लिग खेलमा वल्भ्सलाई २–० ले हरायो।
योसँगै ३८ खेलबाट सिटीले ९८ अंक जोड्दा लिभरपुलले ९७ अंक जोड्यो। 
 


ADVERTISEMENT

बैशाख २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस