भगवान् श्रीकृष्णका विदेशी भक्तले सफा गरे यमुना नदी

बैशाख ३०, २०७६

काठमाडौं – वृन्दावन आएका विदेशी कृष्णभक्तहरूले यमुनाको सरसफाइ गरेका छन् । 

उनीहरूले यमुनावरपरको तटमा फोहर उठाएर सफाइ अभियान चलाए । जीवनदायिनी यमुना नदीप्रति आफूहरूको दासयत्व र कर्तव्य रहेको विदेशी भक्तहरूको भनाइ छ । 


ADVERTISEMENT

वृन्दावनमा वर्षैभरि संसारभरिका कृष्णभक्त पुग्ने गरेका छन् । उनीहरू आआफ्नो तरिकाले आराध्यप्रतिको भक्ति प्रकट गर्छन् । भक्ति र भजन कीर्तनका साथै भगवान् श्रीकृष्णसँग जोडिएका धरोहरप्रति पनि उनीहरूमा गहिरो लगाव छ । आफूले सकेजति उनीहरू यी धरोहरलाई सम्हाल्छन् । 

दक्षिण अमेरिकी देश कोलम्बियामा बस्ने महिला इसाबेल सान्ता (कवितारानी देवी दासी) ले भनिन्, ‘जीवनदायिनी यमुना हाम्री आमा हुन् र हाम्रो आध्यात्मिक विरासत पनि हुन् । यसलाई स्वच्छ बनाउनु हाम्रो कर्तव्य हो ।’

अमेरिकामा बस्ने साइना अर्पी (राधेश्याम देवी दासी) ले यमुना नदी शताब्दियौंदेखि जीवन्त रहेको बताइन् । मदसै डेमा यमुना माताको सफाइ आमालाई आफ्नो तर्फबाट भेटी भएको उनले बताइन् ।

उता जोनाथन रेंगिफो (हरिहर दास) ले यमुना पूरै वृन्दावन धामको जीवन भएको बताए । कृष्णभक्त र संसारभरिका मानिसका लागि पजि यमुनाको संरक्षण गर्नु आफूहरूको कर्तव्य रहेको उनको भनाइ छ ।

एजेन्सी
 

बैशाख ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस