अभिनेत्री वर्षाले गरिन् मायाज ब्यूटीपार्लरको उद्घाटन

बैशाख ३०, २०७६

काठमाडौं- अभिनेत्री वर्षा शिवाकोटीले लगनखेलमा संचालनमा आएको मायाज ब्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको उद्घाटन गरेकी छिन् । 

विगत १ दशक अगाडीदेखी सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरीले यो पार्लर संचालनमा ल्याएकी हुन् । भक्तपुर सूर्यविनायकमा मुख्य पार्लर रहेको मायाज् ब्य्रूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ बानेश्वर र कलंकीमा समेत शाखा रहेको छ भने लखनखेलमा तेश्रो शाखा संचालनमा ल्याईएको हो । 


ADVERTISEMENT

पार्लरको चौथो शाखा चावहिल क्षेत्रमा खोल्ने तयारीमा रहेको संचालिका गिरीले बताइन् । उद्घाटन कार्यक्रममा बोल्दै अभिनेत्री शिवाकोटीले पार्लरको सफलताको कामना गरेकी थिइन् । उनले भनिन्, ‘महिलाको लागि पछिल्लो समय सौन्दर्य कला जान्नु र सुन्दर बन्नु अत्यावश्यक बनेको छ । त्यसमाथि हामी कला क्षेत्रमा लागेकाहरुका लागि त मेकअप नभई हुँदैन । त्यसैले मायाजको सेवा सुविधा लिन मा आतुर छु । र मायाजले नाम जस्तै सबैको माया पाओस्  ।’ 

पार्लरले नायिका शिवाकोटीलाई १ वर्षका लागि सम्पूर्ण सौन्दर्य सुविधा निःशुल्क गर्ने छ भने त्यहाँ जाने अन्य कलाकारका लागि पनि बिशेष छुटको व्यवस्था गरेको छ । ओपनिङको अवसरमा पार्लरले सम्पूर्ण सेवा सुविधामा ५० प्रतिशत छुटको ब्यवस्ता समेत गरेको छ ।

बैशाख ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार