×

NMB BANK
NIC ASIA

धोनीको गल्तीका कारण फाइनलमा हार्‍यो चेन्नई

बैशाख ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इन्डियन प्रिमियर लीग (आईपीएल) को १२औं संस्करणको फाइनलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको खेल निकै रोमाञ्चकारी रह्यो ।

Muktinath Bank

मुम्बईले चेन्नईलाई जम्मा एक रनको झिनो मार्जिनले हराएर चौथोपटक आईपीएल उपाधि जित्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तिम बल फ्याँकेका थिए मुम्बईका सबभन्दा अनुभवी तीव्र गतिका बलर र योर्कर विशेषज्ञ लसिथ मालिंगाले । 


Advertisment
Nabil box
Kumari

स्ट्राइकमा थिए चेन्नईका शार्दूल ठाकुर । चेन्नईले जीतका लागि १५० रन बनाउनुपर्ने स्थितिमा शार्दूल ठाकुर मैदानमा ओर्लिए । त्यतिखेर टीमलाई दुई बलमा चार रन मात्र चाहिएको थियो । 

Vianet communication
Laxmi Bank

मलिंगाको पहिलो बलमा ठाकुरले दुई रन बनाए तर अन्तिम बलमा उनी मालिंगाको शानदार अफकटरको शिकार बने । 

बल मिडल स्टम्पको ठ्याक्कै अगाडि उभिएका ठाकुरको प्याडमा गएर रोकियो । अनि अम्पायरलाई आउटको इशारा गर्दै चोर औंला उचाल्न कुनै हिचकिचाहट भएन । 

त्यसपछि मुम्बईको डगआउटमा बसेका खेलाडी जोश र खुशीका साथ मैदानभित्र दौडिए । 

उता चेन्नईमा चाहिँ निराशा छायो । प्याड लगाएर हातमा ब्याट लिएर हरभजन सिंह रिसाएर उठे तर महेन्द्र सिंह धोनीले अन्तिम बलमा ठाकुरलाई पठाएर गल्ती गरेको धेरैलाई लाग्यो ।

क्रिकेट समीक्षक विजय लोकपल्ली पनि धोनीले गल्ती गरेको ठान्छन् । 

ठाकुरको साटो हरभजन सिंहलाई पठाउनुपर्थ्यो किनकि उनी चौका र छक्का हान्न माहिर छन् भन्ने लोकपल्लीको विश्लेषण छ । 

अर्का क्रिकेट समीक्षक आयाज मेमनले चाहिँ प्रथम श्रेणी क्रिकेटमा शार्दूल ठाकुरको ब्याटिङ हेरेको आधारमा धोनीले यो निर्णय लिएको बताए । 

धोनीले निर्णय त लिए तर हरभजन सिंह चाहिँ ठाकुरभन्दा निकै अनुभवी खेलाडी हुन् । अनि उनीसँग दबाब सहने शक्ति बढी भएको पनि आयाज मेमन बताउँछन् ।

तर ठाकुर हरभजनभन्दा युवा हुनाले रविन्द्र जडेजासँग फास्ट दगुरेर दुई रन लेलान् भन्ने अपेक्षा धोनीले लिएको हुनुपर्छ । 

लगभग मुट्ठीमा आइसकेको खेल हार्नुभन्दा ठूलो निराशा चेन्नई र यसका कप्तान धोनीलाई अरू केही हुन सक्दैन । 

त्यसबाहेक चेन्नईलाई जीतको संघारमा लगेर ओपनिङ ब्याट्स्म्यान शेन वाट्सन रनआउट भइदिँदा पनि चेन्नई हार्न पुग्यो । 

वाटसनले शानदार ब्याटिङ गरेको भए पनि आफ्नो अनुभवलाई उपयोग गरेर म्याच जिताएर मात्र डगआउटमा फर्किनुपर्थ्यो, लोकपल्ली भन्छन् । 

उनले म्याच जिताइदिएको भए क्रिकेटप्रेमीहरूले लामो समयसम्म उनलाई याद गर्थे । उमेर ढल्केको खेलाडीले कसरी आफ्नै बलबुतामा चेन्नईलाई लगातार आईपीएल फाइनल जिताए भनी लामो समय याद हुन्थ्यो । 

मुम्बईको जीतपछि के भन्न सकिन्छ भने युवा मुम्बईले बूढा सिंहहरूलाई हराइदियो । तर तिनै बूढा सिंहहरूले अन्तिम बलसम्म पनि युवा टीमसँग संघर्ष गरेको थियो र जम्मा एक रनले हारेको हो भन्ने कुरा बिर्सनुहुँदैन ।

अन्तिम ओभरमा कमाल गरेर मालिंगाले त्यसअघिको आफ्नो ओभरमा २० रन दिएका थिए । तर महत्त्वपूर्ण ओभरमा विकेट लिएर उनले टीमलाई जिताए । मालिंगा आफैं ३५ वर्षका छन् र उनलाई पनि बूढो सिंह नै भन्न सकिन्छ ।

बीबीसी हिन्दीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x