नेपाल इन्भेष्टमेन्ट बैंक नयाँ शाखा देवानगंजमा

बैशाख ३०, २०७६

सुनसरी- नेपाल इन्भेष्टमेन्ट बैंक लिले सुनसरीको देवानगंज गाँउपालिकामा आफ्नो ८० औं शाखा विस्तार गरेको छ ।

देवानगंजगाँउपालिका वडा नं. २ स्थित देवानगंज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्नेछ । बैंक परिसरभित्रैकेही समयमा नै एटीएम सेवा पनि सञ्चालनमा ल्याइँदैछ ।


ADVERTISEMENT

शाखाको देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवीयादवले उद्घाटन गरिन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।

बैंकले वित्तीय साक्षरताअभिवृद्धिका लागि ग्रामीण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो । 

हाल बैंकले काठमाडौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले एक सय ११२ वटा एटीएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ । 

बैशाख ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस