दुई तिहाइको दम्भमा प्रेस स्वतन्त्रतामाथि अंकुश - नेता पौडेल

बैशाख ३०, २०७६

चितवन - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संवैधानिक मर्म र भावना विपरित दुई तिहाइको दम्भमा सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।

सोमवार चितवनको भरतपुरमा नेपाल शिक्षक सङ्घ चितवनको ३० औं स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा पौडेलले प्रेसमाथि अंकुश लगाउने काम कांग्रेसलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन् ।  


ADVERTISEMENT

'सरकारको पछिल्लो गतिविधि शाही शासन कालको झल्को आउने खालको छ,' पौडेलले भने, 'नेकपा सरकारको शाही प्रवृत्ति विरुद्ध जनस्तरबाट नै प्रतिवाद गर्ने समय आएको छ ।'

पौडेलले मानवअधिकार आयोगलाइ महान्यायाधिवक्ता मातहत राख्न खोज्नु निरंकुशतावादी सोच भएको आरोप पनि लगाए । पौडेलले सार्वजनिक शिक्षा सुधारमा शिक्षकरूको ठूलो भुमिका रहने पनि बताए ।

बैशाख ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार