६ अंकले बढ्यो नेप्से

बैशाख ३०, २०७६

काठमाडौं- शेयर बजारमा सोमवार कारोबार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४ कायम भएको छ । 


ADVERTISEMENT

कुल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर ७८ करोड ६४ लाख १२ हजार ८०८ रुपैयाँमा खरीद बिक्री भए । स्टकका अनुसार कारोबार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ ।

बैंकिङ ०.८२, होटल २०.६४, विकास बैंक ११.९४, जलविद्युत् ३५.४६, उत्पादन ५९.८१, अन्य १४.७३ र सामूहिक लगानी कोष ०.१ अङ्कले बढेको छ । यस्तै व्यापार ५.४९, वित्त ०.४३, निजी{वन बीमा २५.६५, लघुवित्त १.४६ र जीवन बीमा १३.०६ बिन्दुले घटेको छ । 
 

बैशाख ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस