लक्ष्मी बैंकको नयाँ शाखा विराटनगरमा

बैशाख ३१, २०७६

विराटनगर- लक्ष्मी बैंकले विराटनगरको तिनपैनीमा १०३औं शाखा सञ्चालनमा ल्याएको छ ।

प्रदेशनम्बर १ मा यो बैंकको १९ औं शाखाहो । यस शाखा मार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । 


ADVERTISEMENT

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा १०३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२५ एटीएम, २५ सय भन्दा बढी रेमिटे न्स्एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

यी शाखाहरूका साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको छ ।

बैशाख ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस