विश्वकपमा छक्का हान्न कुरेर बसिरहेको छु : रसेल

बैशाख ३१, २०७६

एजेन्सी- इन्डियन प्रिमियर लीग (आईपीएल) मा धुँवादार प्रदर्शन गरेका वेस्ट इन्डिजका क्रिकेटर आन्द्र रसेलले ३० मे बाट शुरू हुन लागेको इंग्ल्याण्ड विश्वकपमा छक्का प्रहार गर्न आफू प्रतिक्षारत भएको बताएका छन् ।

विश्वकप अन्तर्गत वेस्ट इन्डिजको पहिलो भिडन्त पाकिस्तानसँग ३१ मे मा हुनेछ । 


ADVERTISEMENT

१५ सदस्यीय टीममा आन्द्रे रसेल पनि परेका छन् । उनी विश्वकपमा पनि आईपीएलमा जस्तै प्रदर्शन गर्न चाहन्छन् । 

३० वर्षीय रसेलले १२ संस्करणको आईपीएलमा १० खेलमा ४२ छक्का हिर्काएका थिए । 

उनले हालै सम्पन्न आईपीएलमा २०९.२७ को स्ट्राइक रेटमा ४०६ रन बनाएका थिए । 

उनको औसत ५२ वान-डे मा २८ को छ भने ६५ विकेट लिइसकेका छन् । 

रसेलले भने, 'म वेस्ट इन्डिजको प्रतिनिधित्व गर्दै धेरैभन्दा धेरै छक्का प्रहार गर्न प्रतिक्षारत छु । म त्यही गर्न चाहन्छु, जुन आईपीएलमा गरेँ र शतक प्रहार गर्न चाहन्छु ।'

चोटका कारण पछिल्लो समय एक दिवसीय खेल्न नपाएका रसेलले विश्वकपको लागि टीममा आफ्नो नाम अटाउँदा कुनै अचम्म नलागेको बताए । 

उनले आईपीएलका कारण विश्वकपमा ध्यान दिन नपाएको पनि बताए । 

बैशाख ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस