स्याङ्जाको झलुंगेमा कामना सेवाको नयाँ शाखा सञ्चालनमा

बैशाख ३१, २०७६

स्याङ्जा- कामना सेवा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं १३ स्थित झलुंगेमा सोमवार आफ्नो ८४ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरू गरेको छ ।

बैंकका सञ्चालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रूपमा कारोबार शुभारम्भ गरेका थिए ।


ADVERTISEMENT

उक्त कार्यक्रममा सञ्चालक बरालले बैंकको संक्षिप्त जानकारी गराउँदै व्यापार प्रवर्द्धनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरूको बारेमा बताएका थिए ।

बैंकले ८४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । 

बैशाख ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस