×

NMB BANK
NIC ASIA

प्रदीप गिरीले संसदमा किन सुनाए सोभियत संघ विघटनको प्रसङ्ग ?

बैशाख ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रतिनिधि सभामा मंगलवार आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (पूर्व बजेट) छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले सोभियत संघ विघटनको प्रसङ्ग सुनाए ।

Muktinath Bank

नेपालमा सरकारले नागरिक अधिकार खोस्न लागेको सन्दर्भ कोट्याउँदै उनले नागरिक अधिकार खोसिँदा कसरी सोभियत संघ विघटन भयो भन्ने उदाहरण पेश गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सोभियत युनियनको विघटन, त्यत्रो शक्तिशाली देश, विश्वको दुईशक्ति मध्येको एक देश त्यति छिट्टै धरासायी हुन्छ भनेर १ वर्ष अगाडि समेत कल्पना गरेका थिएनन् । शक्ति र कल कारखानामा कुनै कमी थिएन, ठूला–ठूला मिसाइल । केवल त्यहाँ मानव अधिकार थिएन । लेख्ने बोल्ने आजादी नभएपछि जनमत थाहा हुँदोरहेनछ,’ गिरीले भने ।


Advertisment
Nabil box
Kumari

त्यसअघि संसदमा बोलेका कांग्रेस मुख्य सचेतक बालकृष्ण खाडले सरकारले संसद सचिवालयमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न गरेको आग्रहलाई कोट्याउँदै गिरीले नागरिक स्वतन्त्रता भएको भए सोभियत संघ नढल्ने दाबी गरे ।

Vianet communication
Laxmi Bank

‘आज सबैले स्वीकार गरेका छन्, नागरिक अधिकार भएको भए सोभियत युनियनको यो दुर्दशा हुने थिएन,’ उनले भने ।

‘विकासको मोडलमा संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने, अमेरिकाले चन्द्रमामा मान्छे पठाएमा त्यसको नक्कल गर्नुपर्ने, अमेरिकाले एउटा रकेट बनाए रुसले दुईवटा बनाउनुपर्ने त्यो मोडेका कारण ध्वस्त भयो,’ गिरीले संसदमा भने, ‘सोभियत युनियन ढलेको भोलिपल्टदेखि किताब लेखियो, स्वतन्त्र निर्बाद बजार अहिलेको आवश्यकता हो ।’

गिरीले अहिले आर्थिक विकासलाई राज्यले रोक्न नसक्ने दाबी गरे । ‘मैले प्रधानमन्त्रीको विद्वताको चर्चा गर्दा मेरा साथीहरू हाँसे, अर्थमन्त्रीको विद्वतामा कसैको प्रश्न छैन होला । अर्थमन्त्रीले ल्याउन भएको बजेटको सिद्धान्तमा दीगो आर्थिक नीति र समृद्धि गरिनेछ भनिएको छ । दीगोको एसेन्स के हो ? सामाजिक न्याय र उच्चतम् वृद्धिदर सँगसँगै जान सक्छ ? वृद्धिदर र समानता र सामाजिक न्याय सँगसँगै जान सक्छ कि सक्दैन ? वृद्धिदरको धारणाको कुरा छाड्नुस्, सामाजिक न्याय चाहनुहुन्छ भने,’ गिरीले भने ।

कांग्रेसको शासनकालमा पीएचडीधारी अर्थमन्त्रीका कारण देश अन्धकार युगमा प्रवेश गरेको गिरीले बताए । ‘गहुँ र धानको फरक नबुझ्ने, प्याजलाई पानी चाहिन्छ कि चाहिन्न भन्न नसक्ने मान्छे अर्थमन्त्री बने,’ गिरीले थपे, ‘बीपीले भन्नुभयो विकासको यो नवउदारवादी मोडेल हामीलाई चाहिँदैन, अमेरिकाको मोडलले नेपाल चल्दैन । तर बीपीका उत्तराधिकारी हाम्रा प्रधानमन्त्रीहरूले पीएचडी गरेको भरसक अमेरिकामा पीएचडी गरेको मान्छेलाई ल्याएर अर्थमन्त्री बनाए । तथाकथित विकासीकरणको अन्धयुगमा प्रवेश गर्‍यौं ।’

गिरीले नेपालले वैकल्पिक धारणा ल्यायो भने नेपाल तेस्रो विश्वका लागि उदाहरण बन्न सक्ने भन्दै अर्थमन्त्रीलाई सुझाव दिए, ‘कि वृद्धिदरप्रति लाग्नुस् कि सामाजिक न्यायको कुरा गर्नुस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x