×

NMB BANK
NIC ASIA

फेरियो नयाँ बसपार्कको मुहार

बैशाख ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- केही वर्ष अगाडिसम्म अस्तव्यस्त रहेको नयाँ बसपार्क अहिले राम्रोसँग सञ्चालनमा छ । 

Muktinath Bank

२०५६ सालबाट सञ्चालनमा आएको बसपार्क २०७२ साल साउन २५ गतेबाट उद्यमी दिपक कुँवर अध्यक्ष रहेको लोत्से बहुउद्देश्य सहकारी संस्थाले सञ्चालन गर्दै आएको छ । केही समय अगाडि सम्म पानी ट्यांकरको पार्किङ गर्ने ठाउँ थियो- बसपार्क । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बसपार्क व्यवस्थापनको जिम्मा पाएको संस्थाले बसपार्कभित्र बनेका करीब ६ सय अवैध टहरासमेत भत्काएको छ ।


Advertisment
Nabil box
Kumari

बसपार्कभित्र रहेका होटललाई मापदण्डमा ल्याइएको छ भने बसपार्कभित्र सञ्चालनमा रहेका रक्सीपसल र भट्टीपूर्ण रूपले हटाइएको छ ।

Vianet communication
Laxmi Bank

‘एक सटर बराबर ४ लाखसम्म भाडा दिन्छु रक्सी पसल चलाउनदिनु पर्‍यो भन्दै आएका पनि थिए तर मैले फिर्ता पठाइदिएँ,' कुँवरले भने, ‘सबै कुरा पैसा मात्र होइन मेरो चाहना बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको नमूना बसपार्क बनाउनु हो । विचौलिया हुने छैनन् ।’

यसअघि बिचौलियाका कारणबाट सवारीधनी र यात्रु मर्कामा थिए । हाल लोत्सेले बस व्यवसायीसँग सीधा सम्झौता गरेर बिना बिचौलिया बसको टिकट काट्न व्यवस्था मिलाएको छ । जसले गर्दा अहिले व्यावसायीले यात्रुले तिरेको पूरा भाडा पाउँदै आएकाछन् भने बसपार्कमा बिचौलिया छैनन् । टिकट काउन्टरमा खटिने कर्मचारीलाई समेत तोकिएको ड्रेस र परिचयपत्र अनिवार्य गरिएको कुँवर बताउँछन् ।

बसपार्कको शौचालय सफा र व्यवस्थित बनाउँदै ग्रिनरीको समेत निर्माण भएको छ । खाना, खाजा र टिकटको सबै काम व्यवस्थित हुँदै गइरहेको छ । 

यात्रुको सुरक्षालाई ध्यानमा राख्दै नयाँ बसपार्क छिर्ने सडकमा ढोका बनाइ केही समयपछि राति १२ बजेपछि बसपार्कभित्र प्रवेशमा समेत रोक लगाइने कुँवरले बताए । लामो र छोटो दूरीका सवारी साधनको अवस्था जाँच गर्न र सवारी साधनको खराबीबाट हुने दुर्घटना न्यूनीकरणका लागि लोत्सले सिप्रदीअटो प्रालिसँग मिलेर निःशुल्क सवारी जाँचको व्यवस्था गरेको छ ।

यात्रु, सवारीचालक र परिचालकको स्वास्थ्यलाई समेत ध्यानमा राखेर ग्राण्डी इन्टरनेसनल हस्पिटलसँगको सहकार्यमा २४ सै घण्टा निशुल्क प्राथमिक उपचार कक्ष बनाइएको छ । जहाँ २ जना स्टाफ २४ सै घण्टा सेवा दिँदै आइरहेका हुन्छन् । एउटा एम्बुलेन्स समेत त्यहाँ राखिएको छ । सोलार लाइट, पेट्रोल पम्प, अपांगमैत्री शौचालय, हेल्प–डेस्क, यात्रु प्रतिक्षालय लगायतका केही अत्याधुनिक पूर्वधार थप्ने काम भइरहेको कुँवरले जानकारी दिए ।

ई-टिकेटको समेत व्यवस्थाको तयारी थालिएको जनाउँदै उनले नेपाल सरकारले तोकेको लम्बाई चौडाइ र उचाइको व्यापारिक भवनको समेत निर्माण सम्पन्न भइसकेको उनी बताउँछन् । बसपार्कमा करीब २० हजार यात्रुले आवतजावत गर्छन् ।

चार सय जनाभन्दा बढी मानिसले बसपार्कमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् । नेपाल सरकारको सिण्डीकेट अन्त्य गर्ने योजनाअनुसार अव्यवस्थित तरिकाले खोलिएका गौशाला, सुन्धारा, चावहिल, कलंकी लगायतका टिकट काउन्टरसमेत ट्राफिक प्रहरी महाशाखा, यातायात महासंघ र लोत्सेको सहकार्यमा हटाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x