इटहरीमा अग्नि ग्रुपद्वारा स्पेयरपार्ट बिक्री कक्षको स्थापना

बैशाख ३१, २०७६

इटहरी- अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्कस् प्रालिले इटहरीमा महिन्द्रा गाडीहरूको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ ।

नयाँ स्थापना गरिएको बिक्री कक्षबाट महिन्द्राका स्पेयर पार्ट्‌सहरू, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरू प्राप्त गर्न सकिने छ । साथी पेट्रोल पम्पसँगै रहेको यस बिक्री कक्षको उद्घाटन युगल सिंह (स्पेयर पार्ट प्रमुख, अग्निग्रुप)ले गरेको थियो । 


ADVERTISEMENT

उद्घाटन कार्यक्रममा अमित कुमार चौधरी (डिलर नेटवर्क प्रमुख, अग्निग्रुप) लगायत कम्पनीका कर्मचारी, पूर्वका डिलरहरू तथा स्थानीयको सहभागिता समेत रहेको थियो । उद्घाटन समारोहसँगै २०७६ जेठ महिनाभर कम्पनीले स्पेयर पार्ट्सहरूमा १२ प्रतिशतसम्म छुट दिने घोषणा समेत गरेको छ । 

यो स्पेयर पार्टस् बिक्री कक्ष यही वैशाख ३० गतेदेखि सञ्चालनमा आएको छ । कम्पनी केवल सवारी बिक्री गर्न तर्फमात्र केन्द्रित नभइ ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरूको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्रित रहेको छ साथै चाहिएको बेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकहरूलाई स्पेयर पार्ट्सहरू उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहँदै आएको छ । नयाँ स्पेयर पार्ट्स बिक्री कक्षसँगै कम्पनी र ग्राहकबीचको सम्बन्ध अझ बलियो बन्ने विश्वास लिइएको छ । 

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नि इन्कर्पोरेटेड प्रा.लि, अग्नि इनर्जी प्रा.लि, अग्नि मोटोइन्क प्रालि, बालाजु अटो वर्कस् प्रालि.रहेका छन् । यी कम्पनीहरूले महिन्द्रा युटिलिटी भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरू बिक्री वितरण गर्दै आएका छन् ।
 

बैशाख ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस