×

NMB BANK
NIC ASIA

राजनीतिक प्रणाली अनुसार नीति नियम र विकास मोडेलको परिमार्जन गर्नुपर्छ : प्रचण्ड

बैशाख ३१, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणालीअनुरूप नीति नियम र विकास मोडेल परिमार्जनको खाँचो रहेको बताएका छन् । ललितपुरमा मंगलवारदेखि शुरू भएको अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलनको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक सङ्कटमा फस्न सक्ने खतरा औंल्याए ।  

Muktinath Bank

उनले राजनीतिक प्रणालीलाई गुणात्मक ढङ्गले नयाँ बनाउने नेपाली जनताको चाहनालाई सम्बोधन गर्न राज्यका संरचना, ऐन, कानून, कार्यविधि र विकासका मोडल समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावनाअनुसार निर्देशित हुन जरुरी रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष दाहालले भने, 'हामीले त्यस्तो मोडल पत्ता लगाउन जरुरी छ, जुन मोडल नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधता तथा परम्परासँग मिल्दोजुल्दो छ र आधुनिकताका ती पक्ष समेट्दै समाजलाई अग्रगति दिँदै समाजलाई समृद्ध बनाउने प्रविधिको प्रयोग गरेर लैजान आवश्यक छ ।'


Advertisment
Nabil box
Kumari

अध्यक्ष दाहालले भने, 'अहिलेको विश्वमा मानव जातिले जे–जस्ता समस्या भोेगेको छ, ती विकासको मोडालिटीबाट पैदा भएका विभिन्न किसिमका नकारात्मक परिणतीहरू हुन् ।' जलवायु परिवर्तनबाट पैदा भएका समस्या, भूमण्डलीय तापक्रम वृद्धिका समस्या पनि विकासको मोडलका कारण भएको उनको भनाइ थियो ।

Vianet communication
Laxmi Bank

पूर्वप्रधानमन्त्री दाहालले भने, 'विकासको कुन मोडल अपनाउने भन्ने कूरा महत्वपूर्ण छ । मैले भनेको संसारमा वर्षौं चलेको पूँजीवादी मोडेलको विकासतर्फ हामी जाने हो कि समाजवादी मोडेलतिर अगाडि जाने हो । यी दुई मोडल मात्र अहिले विश्वमा देखिएका छन् । मानव समाज नै पूँजीवादीको दबाबमा छ । हामीले जे–जस्ता समस्या भोगेका छौं, ती पूँजीवादका कारण भएको हो । उनीहरूले मानव जातिलाई शिक्षा, स्वास्थ्य र विकास निर्माणको नमूनाका क्षेत्रमा हामी समस्या नै समस्याग्रस्त हुँदै जाँदा पृथ्वी नै नष्ट हुने स्थिति बनेको छ ।'

अबका केही समयपछि राष्ट्रको गौरवमय परम्परा र समाज नै विघटन हुने खतरा बढेर गएको औंल्याउँदै उनले आत्मनिर्भर, दिगो विकास र विकासको मौलिक मोडल निर्माण गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । आफूले कृषि विषयको शिक्षकका रूपमा गोरखाको आरुघाटमा कार्यरत रहँदा किसानलाई प्राङ्गारिक खेती प्रणाली र प्राङ्गारिक मल उत्पादन गर्ने तौरतरिका सिकाएको स्मरण गर्दै अध्यक्ष दाहालले अबको यात्रा प्राङ्गारिक कृषिका क्षेत्रमा हुनुपर्ने बताए ।  

उनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निस्तेज पारेर प्राङ्गारिक कृषि बाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्न सम्मलेन सफल हुने विश्वास व्यक्त गरे । दुई दिनसम्म चल्ने सम्मेलनले कृषि क्षेत्रको भावी विकासको रणनीति र मोडल तय गर्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x