विराट कोहलीको कप्तानीमाथि के भन्छन् गांगुली ? विश्वकपमा यी टीम पुग्न सक्छन् सेमिफाइनल

जेठ १, २०७६

एजेन्सी- पूर्वभारतीय क्रिकेटर सौरव गांगुलीले भारतीय कप्तान विराट कोहलीमाथि टिप्पणी गरेका छन् । 

उनले आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)को खराब प्रदर्शनका बाबजूद विश्वकपमा विराट कोहलीको कप्तानीमा कुनै पनि असर नगर्ने बताएका छन् । 


ADVERTISEMENT

उनले भारतीय टीममा दुई सफल कप्तान महेन्द्रसिंह धोनी र रोहित शर्मा भएका कारण विराट कोहलीलाई इंग्ल्याण्ड विश्वकपमा फाइदा पुग्ने बताए ।

गांगुलीले एक कार्यक्रममा भने, 'विराट कोहलीको आईपीएल कप्तानीलाई भारतीय टीमसँग तुलना नगर्नुहोला । भारतका लागि उनको कप्तानी रेकर्ड निकै राम्रो छ । उनीसँग रोहित जस्ता उपकप्तान छन् । धोनी टीममा छन् । यसकारण उनलाई यी दुईबाट निकै सहयोग मिल्नेछ ।’

यस ४६ वर्षीय पूर्वक्रिकेटरका अनुसार ३० मे मा इंग्ल्याण्डमा शुरू हुन लागेको विश्वकपमा हार्दिक पांड्याले भारतीय टीममा अहम भूमिका निभाउनेछन् । 

उनले भने, 'हार्दिकले अहम भूमिका निभाउनेछन् । उनी उत्कृष्ट फर्ममा छन् । भारतका लागि निकै महत्त्वपूर्ण हुनेछन् ।'

पूर्वकप्तान गांगुलीले सेमिफाइनलमा पुग्न सक्ने टोलीको नाम पनि उल्लेख गरेका छन् । 

उनका अनुसार सेमिफाइनलमा भारत, अष्ट्रेलिया, इंग्ल्याण्ड र पाकिस्तान पुग्न सक्छन् । 

जेठ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस